


किसानले मिहेनत गरेर फलाएको मकै सहितका बाली बाँदरले क्षण भरमै नष्ट गर्ने क्रम बढेसँगै यो विकल्प अपनाइएको वडाध्यक्ष देबेन्द्र लावतीले जानकारी दिए ।
उनका अनुसार हेरालुले करिब एक महिनासम्म पहरा दिँदै मकैको सुरक्षा गर्नुपर्नेछ । उनीहरुलाई पारिश्रमिक भने डोर हाजिर भराएर प्रतिव्यक्ति १६ हजारका दरले उपलब्ध गराउने सहमति भएको लावतीले बताए ।
नौ जनाको यो टोलीले बाली लगाएका ठाँउ घुम्ने, गस्ती गर्ने, बाँदर तर्साउने,धपाउने र आदी काम गर्दै आएका छन् । जसका लागि आवश्यक उपकरण वडा कार्यालयले उपलब्ध गराएको छ ।
पहिलो चरणमा स्याम्पलका लागि थालिएको यो कामको प्रभावकारीता मूल्यांकन गरेर आगामी दिनका लागि कार्य योजना तयार गर्ने लक्ष वडाको रहेको बताइएको छ

पाँचथर — कुम्मायक गाउँपालिका वडा नम्बर १ ले बाँदरबाट मकै बाली जोगाउन ९ जना हेरालु नियुक्त गरेको छ । मकैले घोगा च्यापेदेखि भाँच्ने बेलासम्म करिब एक महिना काम गर्ने गरी वडाले बाँदर हेरालु कर्मचारी नियुक्त गरेको हो ।
किसानले मिहेनत गरेर फलाएको मकै सहितका बाली बाँदरले क्षण भरमै नष्ट गर्ने क्रम बढेसँगै यो विकल्प अपनाइएको वडाध्यक्ष देबेन्द्र लावतीले जानकारी दिए ।
उनका अनुसार हेरालुले करिब एक महिनासम्म पहरा दिँदै मकैको सुरक्षा गर्नुपर्नेछ । उनीहरुलाई पारिश्रमिक भने डोर हाजिर भराएर प्रतिव्यक्ति १६ हजारका दरले उपलब्ध गराउने सहमति भएको लावतीले बताए ।
नौ जनाको यो टोलीले बाली लगाएका ठाँउ घुम्ने, गस्ती गर्ने, बाँदर तर्साउने,धपाउने र आदी काम गर्दै आएका छन् । जसका लागि आवश्यक उपकरण वडा कार्यालयले उपलब्ध गराएको छ ।
पहिलो चरणमा स्याम्पलका लागि थालिएको यो कामको प्रभावकारीता मूल्यांकन गरेर आगामी दिनका लागि कार्य योजना तयार गर्ने लक्ष वडाको रहेको बताइएको छ ।
यो समाचार ई कान्तिपुर वाट साभार गरिएको हो ।