१७ भाद्र २०८२, बुधबार

तेश्रो ताप्लेजुङ गोल्डकप

आफन्तलाई पनि टिकट काटेर खेल हेरिदिनुहोस् है भन्नु पर्ने भएको छ ः विशाल

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, साउन १३, २०८२

ताप्लेजुङ – तेश्रो ताप्लेजुङ गोल्डकपका लागि पहिलो पटक ठेक्का मार्फत टिकट बिक्रीको जिम्मेवारी लिएका मेरिङदेन गाउँपालिका ५ थुकिमाका विशाल लंवा लिम्बूलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ । पहिलो पटक भएकाले धेरैले धेरै किसिमको सल्लाह पनि दिइरहेका छन् । आयोजकलाई १५ लाख सात सय ५० रुपैयाँ बुझाई सकेका उनले आफन्तलाई पनि टिकट काटेर मात्रै मैदान प्रवेशकालागि अनुरोध गर्ने भएका छन् ।

‘पानी पर्यो भनेपनि दर्शक कम हुनसक्छन्, खेल राम्रो आकर्षक भएन भनेपनि दर्शक कम हुनसक्छन्, पहिला आफन्त साथीभाइलाई भनेर सित्तैमा प्रवेश गर्नेहरू छन्, उनीहरूले त्यही प्रयास गर्न सक्छन्, पहिलो पटक भएकाले चुनौती नै चुनौती छ ’ विशालले भने । आयोजकलाई २० लाख एक हजार बुझाउनु पर्ने विशालले स्वयंसेवक परिचालनमा पनि केही लाख खर्च गर्नुपर्छ ।

टिकट बिक्री गर्नेदेखि गेटमा वस्नेसम्मलाई खाना, खाजा र पारिश्रमिक दिनुपर्छ । त्यसैले उनको लागत २० लाख एक हजारमा मात्रै सीमित छैन । आयोजकका अनुसार गतवर्ष २४ लाख रुपैयाँ सङ्कलन भएको थियो ।

टिकट बिक्रिकालागी सहयोगी गाउँबाट ल्याउने वा धरानबाट उनले टुगो गरिसकेका छैनन् । तर, गेटमाभने सुरु देखिनै कडाइ गर्ने उनको तयारी छ । आयोजकले दिने प्रवेश पास बाहेकलाई प्रवेशमा कडाइ गर्ने उनले बताए । सुरुमा कडाइ गरेमात्रै लगानी उठाउन सकिने भएकाले त्यही रणनीति अपनाउने तयारीमा विशाल रहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!