२१ भाद्र २०८२, आइतबार

विवाह गरेको एक वर्षमै कैँचीले रोपेर दोश्रो श्रीमतीको हत्या अभियोगमा श्रीमान् प्रहरी नियन्त्रणमा 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, साउन १२, २०८२

ताप्लेजुङ – दोश्रो विवाह गरेको एक वर्षमै कैँचीले रोपेर श्रीमतीको हत्या अभियोगमा सिरिजङ्गा गाउँपालिका ५ याङपाङका विजय भनिने सञ्जमान लिम्बू पक्राउ परेका छन् । खैनी माड्ने निहुँमा विवाद भएपछि श्रीमती शान्ति राईलाई कैँचीले रोपेका सञ्जमानले सडकमा हिँड्दै गर्दा रडले घोचेको भनेर अस्पतालमा उपचार समेत गराएका थिए । उनले श्रीमतीलाई पनि त्यही भन्न लगाएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमका अनुसार साउन ८ गते घाइते श्रीमतीको घाउ सिलाई गरेपछि आफू बसेको डेरामा लगेका थिए । तर स्वास्थ्यमा सुधार नभइ दिसापिसाब समेत बन्द भएपछि फेरी अस्पताल लैजाने क्रममा शान्तिको मृत्यु भएको थियो । मृतक श्रीमतीको यौनाङगभन्दा माथि कैँचीले प्रहार गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको गौतमले बताएका छन् ।
प्रहरीले पाएको सूचना र सञ्जमानका बहिनी ज्वाई समेतबाट उनले कर्तव्यरहेको भन्ने खुल्न आएकाले पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको गौतमले जानकारी दिए । हाल ३२ वर्षीय सञ्जमानले २०७५्७६ सालमा पाँचथरको सिंहपुर बस्ने तामाङथरकी युवतीसँग पहिलो विवाह गरेका थिए । उनले छोडेपछि २०८१ बैशाखमा तेह्रथुमको खाम्लालुङ बस्ने तीन सन्तानकी आमा शान्तिलाई विवाह गरेर ताप्लेजुङ ल्याएका थिए ।
फुङलिङ नगरपालिका ११ फावाखोला बस्तै आएका उनीहरू दुई महिनाअघि फुङलिङ नगरपालिका ४ उकालीपानीमा बसेर ज्याला मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ । ८ गते बेलुका ५ बजेको समयमा उनिहरुविचको विवाद हिंसामा परिणत भएको र हत्यासमेत भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सञ्जयलाई जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!