

ताप्लेजुङ – खोलामा बाढी आएपछि आइतबार रातीदेखि अवरुद्ध सडक आइतबार बिहानैदेखि खुलाइएको छ ।
सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर डम्बर मिश्रका अनुसार बिग्रीएको सडक आइतबार बिहान स्काभेटर मेसिन लगाएर बनाइएको छ ।
पेनस्टक पाइप र ह्युम पाइप राखेर पछिल्लो समय बनाइएको डाइभर्सनले धेरै ठुलो बाढी धानेको मिश्रले बताए । ‘रातीचाँही निक्कैनै बिगारेको थियो,’ मिश्रले भने, ‘सोमबार बिहानै बनायौँ सवारी साधन निर्वाध चलिरहेको छ ।’