११ साउन २०८२, आइतबार

ताप्लेजुङमा गाडी दुर्घटनामा परी विद्यालय जाँदै गरेकी शिक्षिकाको मृत्यु, चालक घाइते 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, साउन ११, २०८२

तप्लेजुङ – सदरमुकाम फुङलिङबाट सिरिजङ्गा गाउपालिका ३ सिकैचा जाँदै गरेको मे१ज ३२९६ नम्बरको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालक सविन विष्ट घाइते भएका छन् ।

फुङलिङ नगरपालिका ११ फावाखोलाको वडाध्यक्ष युवराज भट्टराईका अनुसार सरस्वती माध्यमिक विद्यालयकी शिक्षिका भावना विश्‍वकर्माको मृत्यू भएकको छ । उपचारकालागि जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो । आजैदेखि खुलेकाले भावना विद्यालय तर्फ जाँदै थिइन ।

‘अरु यात्रु बाटोमा ओर्लिसकेका रहेछन्,’ भट्टराईले भने, ‘गाडीमा उहाँ एक्लै रहनुभएको रहेछ, ट्रनिङमा गाडी मोड्ने क्रममा ५० मिटरजति तल झरेको भेटियो ।’ उपचारकालागि लैजाँदै गर्दा त्रिभुवन चोकमा पुगेपछि भावनाको मृत्यु भएको भट्टराईले जानकारी दिए । ब्रेक फेल भएर दुर्घटना भएको अनुमान स्थानीयको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार घाइते र मृतक फुङलिङ नगरपालिका ११ फावाखोलाकै हुन् । फावाखोलाकै चालक विष्टलाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतकको शव पोष्टमार्टकालागि अस्पतालको शव गृहमा राखिएको छ ।

गाडीधनी आफैं रहेका यही वडा निवासी चालक सविनले बसौंदेखि यो सडकमा गाडी कुदाउदै आएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066