

ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रति सरकारले राजनीतिक प्रतिशोध राखेको भन्दै चलाइएको हस्ताक्षर अभियानमा १२ सय ५० सहभागी भएका छन् । सबैभन्दा वढी फुङलिङ नगरपालिका र सिरिजङ्गा गाउँपालिका ७ खेबाङबाट सङ्कलन भएको हो ।
फुङलिङ नगर समितिका सभापति राजन गुरुङका अनुसार हस्ताक्षर अभियानभनें जारी छ । देशभरीबाट २७ लाख ५० हजार ६ सय हस्ताक्षर सङ्कलन भएको छ। अभियान थालेको एक महिनामा यो सङ्ख्यामा हस्ताक्षर भएको हो । सभापति लामिछानेको अपिल लिएर हस्ताक्षर अभियान देशभरका वडा तहसम्म चलाइएको छ ।
देशका बिभिन्न स्थानमा ५५ लाख १३ हजार रुपैयाँ आर्थिक सहयोग समेत सङ्कलन भएको रास्वपाले जनाएको छ । तर ताप्लेजुङमा नगद पैसाभनें सङ्कलन नभएको गुरुङले बताए । अन्यत्र सहयोग रकम समेत सङ्कलन भएपनि ताप्लेजुङमा भनेँ हस्ताक्षर मात्रै सङ्कलन गरिएको गुरुङ बताउँछन् ।