१२ कार्तिक २०८२, बुधबार

ताप्लेजुङ गोल्डकपकालागि पाथीभरा क्षेत्र विकास समितिले सात लाख दिने

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शनिबार, साउन १०, २०८२

ताप्लेजुङ – तेश्रो ताप्लेजुङ गोल्डकपकालागि पाथीभरा क्षेत्र विकास समितिले सात लाख रुपैयाँ दिने भएको छ । निकै लामो छलफलपछि निर्णय भएको सदस्यले बताएका छन् । निर्णयभने सार्वजनिक गरिएको छैन ।

 बैठकमा यत्रो पैसा किन दिने भन्ने प्रश्नपनि उठेको थियो । क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेको अध्यक्षतामा बसेको बैठकमा सबैले आ–आफ्नो राय राखेपछि सात लाखको निर्णय भएको एक सदस्यले बताए । 

क्षेत्र विकास समितिले गतवर्ष सहयोग दिएको थिएन । यो वर्ष कार्यविधि बनाएर सहयोग गर्न लागेको जनाएको छ । समितिले फुङलिङ नगरपालिका जत्तिकै रकम सहयोग गर्न लागेको हो । नगरपालिकाले पनि सात लाख दिने निर्णय नगरसभाबाट पारित गरेको छ । 

थेवेको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, गाउँपालिका अध्यक्षहरू पाथीभरा याङवरकका केशर मेन्याङबो, सिरिजङ्गा लालकृष्ण चौहान,  सहायक प्रमुख जिल्ला अधिकार सम्झना खड्का प्रहरी निरीक्षक, वन कार्यालयका अधिकृत समितिका सदस्यहरू शम्भु गौतम, पृथ्वीमान पालुङवा, चेतराज घिमिरे लगायत सहभागी थिए । कार्यकारी निर्देशक प्रजिन हाङवाङले यस आर्थिक वर्षको कार्यक्रम प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!