१० साउन २०८२, शनिबार

सांसद भट्टराईले समन्वय गरिदिए ताप्लेजुङ गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई ‘यमाहा बाइक’

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, साउन ०९, २०८२

ताप्लेजुङ – सदरमुकाम फुङलिङमा हुने ताप्लेजुङ गोल्डकपको सर्वोत्कृष्ट खेलाडीले एउटा बाइक पाउने भएका छन् । यसको सौजन्य यमाहा कम्पनीले गरेको छ । उसले १ सय ५० सिसिको बाइक प्रदान गर्ने लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए ।
पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराईको समन्वयमा यमाहा कम्पनीले सौजन्य गर्ने निश्चित भएको मादेनले बताए । उनका अनुसार यस वर्ष आयोजकले पुरस्कार राशिमा पनि वृद्धि गरेको छ । गतवर्ष सम्म बिजेतालाई पाँच लाख र उपविजेतालाई दुईलाख ५० हजार प्रदान गरिदै आएकोमा यस वर्ष विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैंया पुरस्कार प्राप्त गर्ने छन् ।
अन्तराष्ट्रिय प्रतियोगिता गरिरहँदा खेलाडीहरूको थप आकर्षण बढाउन र राम्रा खेलाडी तान्नपनि बाइक पुरस्कारको ब्यवस्था गरिएको मादेन बताउँछन्‌ । यो प्रतियोगितामा पहिलो पटक बाइक प्रदान गर्न लागिएको हो । यसले दर्शकको सङ्ख्यामा पनि वृद्धि हुने आयोजकको बुझाई छ । ‘हाम्रो पहुँचले भ्याउदैन थियो हामिले समन्वयकालागि योगेश दाइलाई भनेका थियौँ,’ अध्यक्ष मादेनले भने, ‘उहाँले कम्पनीसँग समन्वय गरिदिनु भयो यसले आयोजक, खेलाडी, दर्शक सबैको मनोबल बढेको छ ।’
प्रतियोगितामा भारतको एक सहित आठ टिमबीच प्रतिष्पर्धा हुँदैछ । ताप्लेजुङको तेल्लोक स्पोर्टिङ क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब, झापाको रेडस्टार फुटबल क्लब, सुनसरीको द योङ ब्रदर्श क्लब, सिराहाको सलहेस युवा क्लब, काठमाडौँको चर्च ब्वाइज क्लब, पोखराको सहारा क्लब र भारत सिलगढीको लेजण्ड फुटबल एकेडेमीलाई आमन्त्रण गरिएको आयोजकले बताएका छन् ।
लाखेजात्रा पर्वको अवसरमा खेलाइने ताप्लेजुङ गोल्डकप आगामी साउन २४ देखि ३१ गतेसम्म भानुजन माविको मैदानमा हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066