१० साउन २०८२, शनिबार

पेनस्टक र ह्युम पाइप दुवै राखेर बनाइयो हेवाखोलाको डाइभर्सन

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, साउन ०९, २०८२
तस्विर ः अजेन्द्र वाइवा तामाङ

पाँचथर —  मेची राजमार्ग पाँचथर खण्डअन्तर्गतको हेवा खोला डाइभर्सन मर्मत गरेसँगै यातायात र ढुवानीका साधन वारपार हुन थालेका छन् । बिहीबार साँझ साढे ६ बजेदेखि हेवाखोला डाइभर्सनबाट दुईपाङ्ग्रे,तीनपाङ्ग्रे र सबैखाले हलुका सवारी साधनसँगै ढुवानीका साधन समेत वारपार गराउन थालिएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार पुनः ठूलो बाढी आएर डाइभर्सनमा थप क्षति नपुगे यातायात र ढुवानीका साधन निरन्तर चल्नेछन् ।

हेवा खोलामा शनिबार राति आएको बाढीले त्यहाँ बनाइएको डाइभर्सनमा क्षति पुर्‍याएको थियो ।

हेवाखोलाको मुहान क्षेत्र फालेलुङ र फेमेखोला  फिदिम नगरपालिका १२ र १३ सहितका उच्च पहाडी क्षेत्रमा भएकाले लेकमा वर्षा हुँदापनि बाढी आउने गरेको छ । हेवाखोलाको पक्की पुल सबैभन्दा पहिले २०८० असार २ गते बाढीले बगाएको थियो ।

त्यसपछि निर्मित बेलिब्रिज २०८१ असोज १२ गते पुनः बाढीले बगायो भने तेस्रो पटक निर्माणाधीन मोडुलर ब्रिज २०८२ जेठ ३१ गते भाँचिएसँसगै हेवा खोलामा डाइभर्सनको भरले यातायात र ढुवानीका साधन आउजाउ गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066