१० साउन २०८२, शनिबार

५० मेगावाटको युनाइटेड मेवा हाइड्रोले असोजदेखि उत्पादन थाल्ने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, साउन ०८, २०८२

ताप्लेजुङ – ५० मेगावाट क्षमताको युनाइटेड मेवा हाइड्रोले आगामी असोज महिनादेखि उत्पादन सुरु गर्ने भएको छ । अहिलेसम्म ९९ प्रतिशत काम सम्पन्न गरेको यो आयोजनाले बिद्युत गृह, सुरुङमार्ग, मुख्य टर्वाइन जडानको अन्तिम चरणको काम गरिरहेको जनाएको छ ।
असोजमा उत्पादन सुरु भए जिल्लामा धेरै उत्पादन क्षमताको यो दोश्रो बिद्युतगृह हुनेछ । यसअघि मध्यतमोर जलविद्युत आयोजनावाट ७३ मेगावाट उत्पादन सुरु भएको छ । आयोजनाका जनसम्पर्क अधिकृत आसलाल केदेमका अनुसार साउन र भदौ महिनामा सम्पूर्ण काम सक्ने र परिक्षण उत्पादन सुरु गर्ने तयारी छ । मेवा खोलावाट उत्पादन गर्न लागिएको यो सवभन्दा ठुलो आयोजना पनि हो । मेरिङदेन र मिक्वाखोला गाउँपालिकामा यस्को संरचना रहेको छ । इन्जिनियर ओमप्रकाश चौधरीका अनुसार चार हजार आठ सय मिटर लम्बाईको सुरुङमार्ग छ । भूगर्भविद राजेन्द्र भट्टले सुरुङ निर्माण गरिएको क्षेत्र हाल सम्मकै बालियो हो । बलियो ठाउँमा सुरुङ निर्माण गरिएकाले युनाइटेड मेवा देशभरमै बलियो र टिकाउ आयोजना हुने उनले दावी गरे ।
यहाको उत्पादन मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभिए सबस्टेसन प्रसारण लाइनमा जोडिने छ । विद्युत गृह रहेको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको माटेदेखि सव–स्टेसनसम्मको दूरी आठ किलोमिटर छ । २८ वटा टावर निर्माण गरी प्रसारण केन्द्रमा पर्याइने आयोजनाले जनाएको छ ।
नौ अर्बको लागतमा आयोजना सम्पन्न हुन लागेको केदेमले जानकारी दिए । मेरिङ्देन गाउँपालिका–५ थुकिमा र मिक्वाखोला गाउँपालिका–३ लिबाङ पुछार नावा क्षेत्रमा आयोजनाको बाँध रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066