१० साउन २०८२, शनिबार

मेलामा जुवाजन्य चिज कुनैपनि हालतमा हुँदैन ः प्रहरी नायव उपरिक्षक

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, साउन ०८, २०८२

ताप्लेजुङ – प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले मेला महोत्सवमा जुवाजन्य बस्तु खेलाउन कुनैपनि हालतमा नदिने बताएका छन् । नेपाल भाषा तथा सांस्कृतिक समाजद्वारा आयोजित लाखेजात्रा पर्व शुभारम्भ कार्यक्रममा बोल्दै उनले मेला महोत्सवमा खेलाइने जुवाजन्य वस्तुले मानिसहरूको गोजी रित्तिएको र घरबार समेत बिग्रिएका थुप्रै घटना भएकाले यस्ता कार्यमा प्रहरी कठोर हुने दावी गरे ।

यस पटकको लाखे जात्रामा सदरमुकाम फुङलिङको प्रवेशद्वार तोक्मेडाँडा र बिरेन्द्रचोक छेउमा गरी दुई ठाउमा मेला लाग्ने भएको छ । यसलाई मिनीमेला भन्ने गरिएको छ । ति मेलामा पिङ खेल्न, मनोरञ्जन लिने,  रमाइलो गर्ने बाहेक जुवाजन्य वस्तुको प्रयोग हुन नदिने दावी गौतमले गरेका हुन् । ‘पहिला के कसरी चल्थ्यो थाहा छैन, तर यसपटक म जुवाजन्य वस्तुको प्रयोग हुन दिन्न,’ गौतमले भने, ‘यसमा तपाईँहरू सबैले सहयोग गर्नु पर्छ र यस पटक रोकियोभने हरवर्ष रोकिदै जान्छन् ।’

लाखेजात्रा पर्वको अवसरमा फुटबल, मिनिमेला, लाखे जात्रा गरी तीन किसिमको गतिविधि एकसाथ हुने भएकाले प्रहरीले सबैतिर ध्यानदिनु पर्ने आवश्यकता रहेको उनले औंल्याए । पाथीभरा आउने तीर्थयात्री पनि हुने र विपतजन्य घटना पनि हुनसक्ने भएकाले प्रहरीलाई यतिबेला नागरिकको साथ चाहिएको उनको कथन छ ।

फुङलिङ नगरपालिकामा सुरक्षा अधिकारी समेतको उपस्थितिमा भएको छलफलमा जुवाजन्य वस्तु खेलाउन नपाइने र बेलुका १० बजेदेखि वजार बन्द गर्ने निर्णय यस अघिनै भइसकेको छ । सोही निर्णय अनुसार प्रहरी कडाइका साथ उपस्थित हुने प्रहरी प्रमुखको दावी छ । गठेमङ्गल पर्वसँगै लाखे नाच सुरु भएकोछभने मिनिमेलाको तयारीपनि भइरहेको छ । ताप्लेजुङ गोल्डकप साउन २४ देखि ३१ गतेसम्म हुँदैछ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066