१० साउन २०८२, शनिबार

सुँगुरको खोर हटाउने निर्णय विरुद्ध प्रदर्शन 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, साउन ०८, २०८२

ताप्लेजुङ – फुङलिङ नगरपालिकाले सदरमुकाम भित्र अव्यवस्थित तरिकाले पालिएका सुँगुरका खोर हटाउने भएपछि स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरूले नगरपालिकालाई यो निर्णय फिर्तालिन पनि माग गरेका छन् ।

अव्यवस्थित पालिएका सुँगुरका खोरले दुर्गन्ध फैलाएको र रोगको सङ्क्रमण हुनसक्ने भएको भन्दै नगरपालिकाले सातदिनेका समय दिएर असार २७ गते सूचना प्रकाशन तथा प्रसारण गरेको थियो । साउन ४ गतेसम्म व्यवस्थित गरिसक्न अपिल गरिएको भएपनि अहिलेसम्म कसैले हटाएका वा व्यवस्थित गरेका छैनन् । नगरपालिका कार्यान्वयनमा जाने भएपछि विरोधमा निस्किएका हुन् । उनीहरूको एक सूत्रीय माग यथावतै रहनु पर्ने रहेको छ ।

नगरपालिकाले तोक्मेडाँडा कफी हाउस क्षेत्र, तोक्मेडाँडा हुँदै पालसिङ डाँडा, बुद्धचोक, बिहिबारे, आसपासका क्षेत्र, सेर्पाटोल, दाहालगाउँ, बाझोगरा प्रावि आसपासको क्षेत्र र बिरेन्द्रचोक, हुलाकटोल, नवज्योति बोर्डिङ स्कुल नयाँ बसपार्क हुँदै हेलिप्याड आसपासको क्षेत्रका खोर हटाउन भनेको छ । यस्तै बालमन्दिर विद्यालय, पुरानो गोस लाइन, कञ्चनजङ्घा बोर्डिङ स्कुल हुँदै रिजाल लाइन आसपासको क्षेत्र र भानु स्कुल, सेती धारा, बोझे आसपासको क्षेत्रका खोर हटाउन भनिएको छ ।

यो सूचना कार्यान्वयन भए नगरपालिकाको सदरमुकाम फुङलिङ भित्र कतैपनि सुँगुर, बङ्गुर पाल्न पाइनेछैन । यसले वजारका सबै क्षेत्र समेटेको छ । नगरपालिकाले दिएको समयसीमा गुज्रदा पनि अहिलेसम्म कसैले हटाएका भनेँ छैनन् ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066