०७ साउन २०८२, बुधबार

आज गठेमङ्गल पर्व, ताप्लेजुङको फुङलिङ, दोभान र साव्लाखुमा लाखे नाच 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बुधबार, साउन ०७, २०८२

ताप्लेजुङ – आज गठे मङ्गल पर्व । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व आज मनाइँदैछ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा आजदेखि लाखे नाच निकालिदै छ । नेवार समुदायको प्रतिनिधिमूलक संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले भिन्तुना मन्दिरबाट यही पर्वदेखि विधिपूर्वक लाखे नाच निकाल्ने गरेका छन् ।
समाजका अध्यक्ष संकर श्रेष्ठका अनुसार विगतका वर्षहरू जस्तै गठेमङ्गल नाम गरेको राक्षस मारिएको सम्झनास्वरूप गहुँको छ्‌वाली मिसाएर बनाइएको तीनखुट्टे राक्षसको स्वरूपलाई आगो लगाई जलाउने र लाखे नाच निकालिन्छ । गठामङगलदेखि सुरु भएर यो पर्व श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सकिन्छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र कंसको लिला प्रस्तुत गरिन्छ । त्यही रातको १२ वजे कृष्णले कंशको वध गरेर एक वर्षकालागि लाखेजात्रा पर्व अन्त्य हुन्छ ।
ताप्लेजुङमा हरेकदिन सदरमुकाम फुङलिङमा लाखे नाच प्रस्तुत हुन्छ । यसले वजारलाई चलायमान गराउने गरेको छ । वजारमा लाखे जात्राभरी छाता राखेर व्यापार व्यवसाय गरिन्छ । फुङलिङ वजार बाहेक मेरिङदेन गाउँपालिकाको दोभान वजार र सिदिङवाको साब्लाखु भन्ज्याङमा पनि लाखेनाच निकाल्ने गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066