

ताप्लेजुङ – सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउपालिका वाड्नं ५ तापेथोक र वाड्नं ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल बगाएको छ । यो पुल रेमिट हाइड्रोपावर कम्पनीले चार वर्षअघि करिव पाँच करोड रुपैयाँको लागतमा बनाएको थियो । रेमिट हाइड्रोका साइड इन्चार्ज मुकुन्द पोख्रेलका अनुसार खोलामा आज बिहान विशाल बाढी आएको थियो ।
स्थानीय ग्यावु शेर्पाका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठुलो बाढी आएको छ । लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको तर त्यहाँका मानिस भने भाग्न सफल भएको ग्यावुले बताएका छन् । उनका अनुसार यो क्षेत्रमा हिजो वेलुकादेखिनै वर्षा भइरहेको छ । खोलामा ठुलो वाढी आएर पुलभनें आज बिहान ४ बजेतिर बगाएको वाड्नं ६ का वडाध्यक्ष पेम्वाटाँसी शेर्पाले जानकारी दिए ।
लेलेपमा यसअघि पनि खोलामा आएको बाढीले बिद्युत्को स्थानीय उत्पादन बन्द भएको छ । यो क्षेत्रमा सबैतिर टेलिफोन सम्पर्क नहुने भएकाले क्षतिको विवरण सङ्कलनको काम भइरहेको वडाध्यक्ष पेम्वाटाँसी बताउँछन् ।
अविरल वर्षाले हेल्लोक सिम्बुवा खोलामा बाढी आइ तमोर खोलाको बहाव बढेको र उत्तरदक्षिण लोकमार्ग रानि पुल बेलिब्रिज बगाएपछि रानि पुल भन्दा माथिको आवत जावत अवरुद्ध भएको जानकारी गाउपालिका अध्यक्ष राजन लिम्बूले दिएका छन् । वडा नम्बर ६ लेलेप साँँगु बगर फाङ्बारी स्कुलको छेउ बाट जहाँ गत वर्षको पहिरो यसपटकपनि झरेको अध्यक्ष लिम्बूले जानकारी गराएका छन् । यस क्षेत्रमा अहिलेससम्म कुनै मानबिय क्षति भने नभएको उनले जानकारी दिए ।