०६ साउन २०८२, मंगलबार

मेची भन्सारबाट भएको अलैचीं निर्यातमा २५ करोड ६८ लाख कम

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, साउन ०६, २०८२

ताप्लेजुङ – आर्थिक वर्ष २०८१/०८२ मा अलैँचीको कारोबार ८० हजारबाट सुरु भएर एक लाख १२ हजार प्रतिमन सम्म पुग्यो । एक मनमा ४० किलो हुन्छ । राम्रै मूल्यमा कारोबार हुँदापनि अघिल्लो आर्थिक वर्षको जस्तो आम्दानीभने नेपालले लिन सकेन । अघिल्लो वर्षको तुलनामा ३.२ प्रतिशत कम निर्यात भयो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा सात अर्ब ९३ करोड नौ लाख आठ हजार मूल्य बराबरको अलैँची भारत निर्यात भएको थियो । पछिल्लो आर्थिक वर्षमा सात अर्ब ६७ करोड ४० लाख ३७ हजारको निर्यात भयो । २५ करोड ६८ लाख ७१ हजार रुपैयाँ कम भएको छ ।
भन्सार कार्यालयका अनुसार अघिल्लो बर्स ५० लाख नौ हजार किलो निर्यात भएको थियोभने पछिल्लो वर्ष ४२ लाख ९४ हजार किलो निर्यात भएको थियो । नेपालमा उत्पादित अधिकांशजसो अलैँची मेची भन्सारबाट निर्यात हुन्छ । सानो परिमाणमा वीरगन्ज भन्सारबाट निर्यात हुने गरेको छ ।
उत्पादन घटेकाले निर्यात कम भएको र रुपैंया पनि कम आएको अलैँची व्यवसायी सङ्घका अध्यक्ष निर्मल भट्टराई बताउँछन् । नेपालमा उत्पादित ९८ प्रतिशत अलैँची भारत निर्यात हुने गरेको अलैँची व्यवसायी सङ्घले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066