०५ साउन २०८२, सोमबार

जिल्ला अस्पतालमा सयजना शल्यक्रियाको केक काटिरहदा काठमाण्डौ पुगेका एक बिरामीका आफन्तले भने ‘धन्न आएछौँ’

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, साउन ०४, २०८२

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङले केही दिन अघि सामाजिक सञ्जालको आफ्नो पेजमा सयजनाको शल्यक्रिया सफलतापूर्वक गरिएको एउटा सामग्री पोष्ट गर्यो । यो खुसियालीमा केक काटिएको तस्वीरसहित पोष्ट भयो । यो खुसीको कुरापनि हो र धेरैले चिकित्सक लगायतको टिमलाई धन्यवाद पनि दिए । यहीबेला ताप्लेजुङको मेरिङदेन गाउपालिका ६ नाल्बु पान्दोलुङका ७५ बर्षिया आसमती लिम्बुकोभने ताप्लेजुङमा गरिएको शल्यक्रिया सफल नभएपछि थप उपचारकालागि काठमाण्डौं लैजानु परेको छ ।
नाल्बुक वडाध्यक्ष मनोज तुम्बाहाम्फे अनुसार सुरुमा हातको औंलामा धोक्रे भिजेको आशङ्कामा घरायसी उपचार गरिएको थियो । तर सुधार नभएपछि जिल्ला अस्पताल ल्याइयो  अस्पतालका डाक्टरले औंलामा इन्फेक्सन भएको भन्दै काट्नुपर्ने सुझाव दिए । परिवार राजी भए र लाग्ने आवश्यक शुल्क १५ हजार रुपैयाँ जम्मा गरे । दाहिने हातको साहिँली औलाको शल्यक्रिया भयो । शल्यक्रियापछि घाउ ठिक भएन र अर्को औंलामापनि समस्या देखिन थाल्यो ।

परिवारले अर्को औंलाको समस्या देखाएपछि चिकित्सकले त्यसमापनि इन्फेक्सन सर्न सक्ने भएकाले चिर्नुपर्ने सुझाव दिए । त्यसपछि परिवारले रेफर मागेर काठमाण्डौंको नेपाल मेडिसिटी अस्पताल पुर्याए । बिरामी लिएर गएका उनका आफन्त अमृत लिम्बुका अनुसार मेडासिटीले ताप्लेजुङमा शल्यक्रिया गरेको औंलालाई पुन शल्यक्रिया गर्यो । तर अर्को औंलाचाही काट्नु नपरेको बताए ।  परिवारको गुनासो छ, ‘डाक्टरले ताप्लेजुङमा अर्कोपनि औंलामा इन्फेक्सन बढ्दै गएको छ चिर्नुपर्छ भन्नु भएको थियो, तर यता काठमाण्डु ल्याएपछि चिर्नु परेन, धन्न यता ल्याएछौं ।’
शरीरमा सुगरको मात्रा बढेको समयमा शल्यक्रिया भएको आशङ्का परिवारको छ । यस विषयमा अस्पताल र डाक्टरसँग प्रतिकृया लिन बिरामीका आफन्त समेत रहेका वडाध्यक्ष तुम्बाहाम्फे गएका थिए । अस्पतालका डाक्टर प्रनम जयरुले जनप्रतिनिधि आएर आफूसँग परामर्श गरेको र आफूले बुझाएर पठाएको बताए । डाक्टर पनेरुका अनुसार शल्यक्रिया गरेपछि सुगरको मात्रा बढेको घाउ निको हुन समय लागेपछि परिवारले रेफर मागेका थिए ।

‘थप उपचारकालागि बाहिर लैजाने भन्ने कुरा त उहाँहरूको इच्छाको कुरा हो, अधिकारको कुरापनि हो, हामीले लैजान मिल्छ भनेर दियौँ,’ पनेरुले भने, ‘यस विषयमा जनप्रतिको टोली अस्पताल आउनु भएको थियो र मैले खास कुरा भनेपछि उहाहरु फर्कनु भयो ।’ 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066