

ताप्लेजुङ – वृक्षरोपण र बिरुवा वितरण गर्दै नेकपा माओवादीको भातृ सङ्गठन वाइसीएल ताप्लेजुङले दुई महिने श्रम अभियान सुरु गरेको छ । श्रम तथा उत्पादनमा वाईसीएल भन्ने नारा सहित फुङलिङ नगरपालिका २ तारिबुङवाट अभियान सुरु गरेको हो । अबको दुई महिनासम्म जिल्लाका सबै पालिका कमिटीसँग समन्वयमा वृक्षरोपण तथा श्रम अभियान चलाइने केन्द्रीय सदस्य कैलाश मावोले जानकारी दिए ।
यस अघि माउ पार्टी माओवादी केन्द्रले सिदिङ्वा गाउँपालिकाको ढङढङे झरना क्षेत्रमा सरसफाइ अभियान चलाएको थियो । बाइसिएलका केन्द्रीय सदस्य मावोका अनुसार जनतासँग जोडने र केही न केही उपलब्धि हुने भएकाले यस्तो अभियान सुरु गरिएको हो । पहिलोदिन ७० जनाको उपस्थितमा वृक्षरोपण गरिएको उल्लेख छ ।
माओवादीका केन्द्रीय सदस्य खेलप्रसाद बूढाक्षेत्री लगायतको उपस्थिति रहेको कार्यक्रममा सुन्तला, कागती, नास्पाती लगायतका बिरुवा लगाइएको थियो । ब्यत्तिको र सार्वजनिक जग्गामा वृक्षरोपण गरिएको वाइसिएलले जनाएको छ ।