३१ आषाढ २०८२, बुधबार

असार २५ गतेदेखि अवरुद्ध उत्तर दक्षिण लोकमार्गको लेलेप खण्ड सडक खुल्यो 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, आषाढ ३०, २०८२

ताप्लेजुङ – गत असार २५ को बर्सातसँगै थाक्पु खोलामा आएको बाढीले अवरुद्ध बनाएको उत्तर दक्षीण लोकमार्ग मङ्गलबारदेखि सञ्चालनमा आएको छ । गाउपालिका अध्यक्ष राजन लिम्बू मुत्ती का अनुसार २७ गतेदेखि पुननिर्माण सुरु गरी मङ्गलबार सम्पन्न भएको हो । 

बाढीले तहस नहस बनाएको लेलेप थाक्पु खोला लावाजेन जाने बाटो र उतर दक्षिण लोकमार्ग पुन निर्माणमा दुई वटा स्काइभेटर मेसिन प्रयोग गर्नु परेको लिम्बूले वताए । मेसिन सुपर तमोर हाइड्रो पावर कम्पनिले उपलब्ध गराएको थियो । सडक पुन निर्माणका लागि आवश्यक इन्धन भनेँ गाउँपालिकाले लगाएको अध्यक्ष लिम्बूले जानकारी दिए । 

सदरमुकामबाट ओलाङचुङगोला हुँदै टिपताला भञ्ज्याङसम्म जाने यो सडक अव इलाडाडा हुँदै सुकेपानी सम्म चल्नेछ । सुकेपानीमा भनेँ तमोर नदीमा पानीको वहाव बढेकाले गाडी तर्न नसक्ने सवारी चालकले बताएका छन् ।

 यसवर्षको वर्षाले लेलेपको थाक्पुखोलामा पैदल यात्री हिड्ने आरसीसी पुल दुईवटा र याम्फुदिन हुँदै कञ्चनजङ्घा बेसक्याम्प जाने सिम्बुवाखोलाको झोलुङ्गेपुल बगाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066