२९ आषाढ २०८२, सोमबार

‘आन्छन’ साहित्यिक पुरस्कार साहित्यकार हर्क याक्सो लिम्बूलाई

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आषाढ २८, २०८२

ताप्लेजुङ – भानु जयन्तीको अवसरमा आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार हर्क याक्सो लिम्बू पुरस्कृत भएका छन् । आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङ निवासी याक्सो २० हजार रुपैंया सहित पुरकृत भएका हुन् । याक्सोलाई चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कार प्रदान गरिएको हो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरोज मादेनले याक्सोलाई कदरपत्रसहित पुरस्कार रकम प्रदान गरे । कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानको सिफारिस तथा मूल्याङ्कनमा पुरस्कृत गरिएको उल्लेख छ । प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईका अनुसार विभिन्न स्रष्टा तथा सर्जकबाट प्राप्त भएको प्रकाशित कृति पुस्तक लाई मूल्याङ्कनको आधार बनाइएको थियो ।
स्रष्टा छनोटका लागि अग्रज साहित्यकार भरतकुमार गुरुङ संयोजक रहेको छनोट तथा मूल्याङ्कन समिति बनाइएको थियो । साहित्यकार यक्सोका पैतालाका डोबहरुलगायत तीनवटा प्रकाशित मूल्याङ्कनका लागि प्रस्ताव गरेका थिए । पुरस्कार वितरणसँगै जिल्लाका दुई दर्जन साहित्यकारले रचना वाचन गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066