२९ आषाढ २०८२, सोमबार

पाँचथरमा सवार यात्रु ठूलो दुर्घटनाबाट जोगिए

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, आषाढ २८, २०८२

पाँचथर — पाँचथरमा गाडीमा सवार यात्रु ठूलो दुर्घटनाबाट जोगिएका छन् । माथिबाट अचानक खसेको पहिरोले गाडीसहित यात्रुलाई धकेलेर सडक छेउसम्म पुर्‍याएको थियो ।

राँके–रवि–भेडेटार सडक खण्डअन्तर्गत इलाम र पाँचथरको सिमाना फाल्गुनन्द गाउँपालिका–५, मगरभित्तामा भएको हो । फाकफोकथुमको गाउँपालिका केन्द्र आमचोकदेखि इलाम सदरमुकाम इलाम बजारका लागि हिडेको मे १ ज ६५२ नम्बरको जिप यात्रु फसेपछि स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए । केही यात्रु अत्तालिएर झ्यालबाट हाम फालेको त्यहाँ रहेका सञ्चारकर्मी युद्वबहादुर बोहोराले जानकारी दिए ।

A passenger in a jeep escaped from a major accident

यो क्षेत्रमा शनिबार साँझ तीन घण्टासम्म निरन्तर पानी परेको थियो । निरन्तरको वर्षाले सडक क्षेत्र जोखिमपूर्ण बन्दै गएकाले यात्रु र चालकलाई सचेत भएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरले आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066