२८ आषाढ २०८२, आइतबार

थाक्पाखोलाले विद्युत गृहको कुलो बगाएपछि लेलेपका बासिन्दा एक महिनासम्म अन्धकारमै

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, आषाढ २६, २०८२

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ६ लेलेप थाक्पाखोला बाढीको सबैभन्दा ठुलो असर जलविद्युतमा परेको छ । यहाँका दुई सय बढी घर परिवारलेअबको एक महिनासम्म अँध्यारोमै बस्नुपर्ने भएको छ । वडाध्यक्ष पेम्वाटाँसी शेर्पाका अनुसार सनिबार (भोलि) देखि कुलो मर्मतको काम सुरु हुनेछ । तर यसलाई पुर्णतादिन एक महिनासम्म लाग्ने भएको हो ।
‘खोलाले ओलाङचुङगोला जाने सडकपनि बगायो, लावाजिन जाने दुईवटा पैदलयात्रीका लागि बनाइएको आरसीसी पुलपनि बगायो,’ पेम्बाले भने, ‘सडक र पैदलमार्ग त शनिबार (भोलि) सम्म बनाउँछौं, तर बिजुली बनाउनेचाहिँ समय लामै लाग्ने भयो ।’ विद्युत् मर्मतमा २० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसकालागि फक्ताङलुङ गाउँपालिकाले विपत राहत कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । रिभर साइड हाइड्रो पावर कम्पनीले फलामको रड उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । पालिकाले दिएको पैसाले सिमेन्ट, बालुवा व्यवस्थापन गर्ने र बाँकी काम जनश्रमदान बाट गर्ने समझदारी भएको पेम्बा बताउँछन ।
थाक्पाखोलाबाट तीन वर्ष अघि ५२ किलोवाट विद्युत उत्पादन गरिएको थियो । यसले २ सय ६२ घरधुरीलाई विद्युत सेवा उपलब्ध गराउँदै आएको थियो । पहरामा ड्रिलिङ र आरसीसी गरेर कुलो जोड्नु पर्ने भएकाले दक्ष कामदारको आवश्यकता रहेको वडाध्यक्षले बताए । यहा बिद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगेको छैन । राष्ट्रिय प्रसारण लाइन लैजाने विषयमा पनि छलफल भएको तर भरपर्दो नभएकाले स्थानीय उत्पादननै मर्मत गर्ने निर्णयमा गाउले पुगेको स्थानीय तेन्जिङ शेर्पा बताउँछन ।
हाइड्रोपावरको स्काइभेटर मेशिन र गाउँपालिकाको तेल प्रयोग गरे ओलाङचुङगोला जोड्ने सडकभनें सन्चालनमा ल्याउने गाउपालिकाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066