२१ भाद्र २०८२, आइतबार

शुक्रबार र शनिबार ताप्लेजुङका यी ठाममा हुनेछ विद्युत अवरुद्ध 

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, आषाढ २६, २०८२

ताप्लेजुङ – नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले शुक्रबार र शनिबार ११ केभिएको डबल सर्किट लाइन बिस्तार गर्ने भएको छ । बिस्तार हुने क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बिद्युत् सेवा अवरुद्ध हुने बितरण केन्द्रले जनाएको छ ।

बितरण केन्द्रका अनुसार फुङलिङ नगरपालिकाको गुरुङ गुम्बादेखि बगरबारी सम्म, फुङलिङ फिडरबाट निर्यात हुने हाङदेवा, फुरुम्बुको गढी डाँडा, फक्ताङलुङ गाउँपालिकाको सम्पूर्ण क्षेत्र, तिरिङ्गे, पाथीभरा मन्दिर क्षेत्रमा विद्युत अवरुद्ध हुने वितरण केन्द्रले जनाएको छ ।

यस्तै उकाली पानी, पानी ट्याङ्की, बुङकुलुङ र गुम्बाडाँडा क्षेत्रमा पनि बिद्युत् सेवा अवरुद्ध हुने कार्यालयले जनाएको छ । विद्युत सम्बन्धी सेवामा नागरिकले प्रश्न उठाइरहेको वेला वितरण केन्द्रले यसको व्यवस्थापनको लागि प्रयास गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!