

ताप्लेजुङ – अलैँची जोन सञ्चालन समन्वय समिति ताप्लेजुङको अध्यक्षमा घननाथ गौतम निर्वाचित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमको लागि बिहीबार निर्वाचन भएको थियो ।
तीन महिला सहित नौजना निर्वाचित हुने प्रावधान रहेको छ । महिला सदस्यमा नैनकला बराल, मनकुमारी भट्टराई र फुलमाया गुरुङ चयन भएका छन् । अन्य सदस्यमा हर्क गुरुङ, कुमार लिम्बू, निम तेन्जी शेर्पा, विजय चोङवाङ, प्रदिप गुरुङ चयन भएका छन् । अध्यक्षको टुङ्गोसमेत निर्वाचन प्रकृया मार्फत लागेको थियो ।
जोन लागुभएको पालिकाबाट एक पालिका एक सदस्य हुनेगरि समिति रहेको उल्लेख छ । निर्वाचन प्रकृयामा भने मैवाखोला र सिदिङवाबाट सहभागी भएनन् । सिरिजङ्गामा जोनको कार्यक्रम छैन । यसमा नगरपालिकाका सदस्य छानिएको थियो ।
यो समितिको कार्यकाल दुई वर्षको हुन्छ । तर यसअघिको समिति भने तीन वर्ष सञ्चालनमा रहेको थियो । यसअघि बालमणि बरालको नेतृत्वमा समिति रहेको थियो ।