२१ भाद्र २०८२, आइतबार

ताप्लेजुङ लेलेपमा दुई आरसीसी र एउटा काठेपुल बाढीले बगायो, विद्युत अवरुद्ध

Logo
Taplejung Press ताप्लेजुङ प्रेस बिहिबार, आषाढ २५, २०८२

ताप्लेजुङ – फक्ताङलुङ गाउपालिका ६ लेलेपमा पैदल यात्रीकालागि प्रयोग हुने दुईवटा आरसीसी पुल र सवारी सञ्चालनका लागि प्रयोग हुने एउटा काठको पुल बगाएको छ ।

स्थानीय चाङगा होटलका सञ्चालक सोनाम शेर्पाका अनुसार बुधबार रातीको वर्षा र खोलामा आएको बाढीले गाउँलाई समेत त्रसित बनाएको थियो ‘लेलेपवाट लावाजिन गाउँतिर जाने आरसीसी पुल बगाएपछि आवतजावतमा समस्या भएको छ,’ फक्ताङलुङ ६ लेलेपका वडाध्यक्ष पेम्बाटासी शेर्पाले भने, ‘थाक्पा खोलामा गाडी तर्न बनाएको काठको पुलपनि बगाएकाले ओलाङचुङगोला तर्फ जाने यातायातपनि अवरुद्ध भयो ।’

थाक्पा खोलाबाट उत्पादित बिजुलीको पावर हाउसमा पानी लैजाने कुलो बगाएकाले लेलेपमा विद्युत सेवापनि अवरुद्ध भएको पेम्बाटासीले बताए । यसले साविकका ३, ४, ५, ६ र ७ नम्बर वडा अन्धकारमा परेका छन् ।

लावाजिन गाउ जाने पुल वडाले बनाएको थियोभने स्थानीसँगको सहकार्यमा विद्युत उत्पादन गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!