२८ आषाढ २०८२, आइतबार

चट्याङ लागेका किशोरको आँखामा समस्या देखिएपछि झापा लगियो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, आषाढ २४, २०८२

ताप्लेजुङ – मङ्गलबार राती चट्याङ लागेर घाइते भएका सिदिङवा गाउँपालिका ५ लिम्बूदिनका मिसन लिम्बूको आँखामा समस्या देखिएपछि ताप्लेजुङबाट थप उपचारका लागि झापा लगिएको छ । 

 आँखा उपचार केन्द्र ताप्लेजुङका स्वास्थ्यकर्मी काजी थेवेका अनुसार उनको दुवै आँखाको नानीमा समस्या देखिएको छ । तुलनात्मक रुपमा दाहिने आँखाको नानीमा वढी समस्या छ ।

‘हामीले झापाको बिर्तामोड स्थित मेची आँखा अस्पतालमा जान सल्लाह दिएका छौँ’ क्लिनिक इन्चार्ज काजी गुरुङले भने । अविरल वर्षासहितको चट्याङले घरमै बसिरहेका लिम्बूलाई घाइते बनाएको थियो ।

मङ्गलबारनै चट्याङ लागेर यही गाउँपालिका ३ आंखोपका राजकुमार लिम्बुको मृत्यु भएको छ । सिमलको रुख छेउमा घर भएका उनलाई रुखमा परेको चट्याङको छार्कोले भेटेर घाइते बनाएको र उपचारको क्रममा सावलाखु उपस्वास्थ्यचौकीका मृत्यु भएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066