२८ आषाढ २०८२, आइतबार

हेवा खोलामा निर्माणाधीन बेलिब्रिज निर्माण सम्पन्न हुनै लाग्दा भत्किएर झर्यो, एकको मृत्यु, तीन घाइते

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, जेठ ३१, २०८२

लक्ष्मी गौतम

पाँचथर — मेची राजमार्गस्थित हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खसेको छ । जोडेर खोला वारिदेखि पारी पुर्‍याउने क्रममा पुल खसेको हो ।

पुल खस्दा एक जना मजदुरको निधन भएको छ भने तीन जना घाइते भएका छन् ।

पुल जोड्न खटिएका मजदुरको नाम र ठेगाना खुलाइएको छैन । पुल खसेर मानिस घाइते भएको खबर आएपछि आफू पनि घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको छ । पहिलो पटक २०८० साल असार २ गते आएको बाढीले यहाँ लगाइएको पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो । पुन: २०८१ असोज १२ गते सो बेलिब्रिज बगेपछि पुनः मोडुलर (बेलिब्रिज) बनाइँदै थियो ।

पुल के कारणले र कसरी खस्यो भन्ने विषय पुष्टि भएको छैन । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुटाउने हेवा खोलामा पुल र बेलिब्रिज बगेपछि डाइभर्सन गरेर गाडी वारपार गरिँदै छ ।

निर्माणाधीन बेलिब्रिज खसेपछि अब पाँचथर र ताप्लेजुङ सवारी आउजाउ प्रभावित हुने पक्का भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066