२८ आषाढ २०८२, आइतबार

कस्तो आयो वनेम नेतृत्वको मैवाखोला गाउपालिकाको नीति तथा कार्यक्रम ? पूर्ण पाठ सहित

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, जेठ २७, २०८२

नीति तथा कार्यक्रम २०८२-०८३ maiwakhola gaupalika

ताप्लेजुङ – आगामी आर्थिक वर्षकालागि स्थानीय तहलेपनि बजेट बनाउने प्रकृया सुरु गरेका छन् । मैवाखोला गाउँपालिकाले मङ्गलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यो गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएकैदिन ताली पड्काउने र पारित गर्ने नभई दफावार छलफल चलाउने प्रकृया अघिल्लो बर्षदेखिनै सुरु गरेको छ ।

अर्ग्यानिक कृषि प्रणालीमा जोड दिने, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिने उल्लेख छ । गाउँपालिकाका १२ वटा गौरवका आयोजनाको सूची तयार गरी मध्यकालिक खर्च संरचना सहितको काम गर्ने उल्लेख छ । सहभागितमूलक मागमा आधारित तथा पारदर्शिताका साथ योग्य आयोजनाको सूची सहितको आयोजना बैँक निर्माण गर्ने नीति गाउँपालिकाको छ ।

गाउँपालिकालेमैवाखोलाका नागरिक भनेर गर्भ गर्नसक्ने शिक्षाको विकास गर्ने नीति लिएको छ । गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, शभ्य, अनुशासित, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति सकारात्मक वैज्ञानिक सोच बोकेका नैतिकवान्, नवप्रवर्तनशिल, रचनात्मक, सृजनात्मक, आफू मैवाखोलावासि भएकोमा गर्भ गर्ने सक्षम जनशक्तिको विकास गर्न सार्वजनिक शिक्षामा रूपान्तरण गर्ने उल्लेख छ ।

प्रत्येक सामुदायिक विद्यालयलाई उद्यमशील तथा आत्मनिर्भर बनाउने उल्लेख छ । कक्षा ११ र १२ लाई निशुल्क बनाइने पालिका अध्यक्ष वनेम द्धारा सार्वजनिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

एक नगरपालिका र आठ गाउँपालिका गरी नौ स्थानीय तह रहेको जिल्लाको पहिलो नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छ ।

नीति तथा कार्यक्रम हेर्नका लागि यहा क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066