

ताप्लेजुङ – १२ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला अध्यक्षको जिम्मेवारी पाएका नेकपा एसका दुर्गाहाङ श्रेङचोङवाङले मेरिङदेन गाउपालिका २ सान्थाक्राका २३ कार्यकर्तालाई पार्टी प्रवेश गराएका छन् । आफू निर्वाचित भएपछि पहिलो जिल्ला कमिटी बैठक आफ्नै पालिकामा राखेका चोङवाङ पार्टी प्रवेश गराएर जिम्मेवारी प्रारम्भ गरेका हुन् ।
३५ जनाले पार्टी प्रवेश गरेको भनिएपनि २३ जना प्रवेश गरेका नेकपा एसका एकजना नेताले बताएका छन् । प्रवेश गर्नेमा उपाध्यक्ष चोङवाङको निवास क्षेत्र तेलोक्पाका अधिक रहेका छन् । अरूपनि प्रवेशको तयारीमा रहेको तर पहिलो बैठकमा सानो सङ्ख्यालाई प्रवेश गराइएको नेकपा एसका नेत्र नेपालीले बताए ।
नेकपा एसमा प्रवेशगर्ने सबै एमाले कार्यकर्ता भएको नेपालीले जानकारी दिए । एमालेबाट विभाजित भएको एसको मेरिङदेनमा बलियो सङ्गठन रहेको छ । यसअघि काङ्ग्रेसले थुकिमामा कार्यक्रम गरेर अन्यदलका कार्यकर्ता भित्र्याएको थियो ।