२१ भाद्र २०८२, आइतबार

 मैले शिलान्यास गरेका आयोजनाको उद्‌घाटन गर्दैछन् मुख्यमन्त्री 

साइबर हमला प्रतिबादकालागि एमाले कोशीको ६,५४५ बिशेष फोर्स

Logo
Taplejung Press आइतबार, जेठ १८, २०८२

ताप्लेजुङ – पार्टीमाथी भइरहेको साइबर हमलाको प्रतिबादका लागि नेकपा एमाले कोशी प्रदेश कमिटीले ६ हजार ५ सय ४५ जनाको बिशेष साइबर फोर्स बनाएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले ताप्लेजुङ सदरमुकाम फुङलिङमा आइतबार बिहान प्रेस चौतारीद्धारा आयोजित पत्रकार सम्मेलनमा यस्तो खुलासा गरेका हुन् । यो फोर्सले प्रदेशका १ लाख ३ हजार पार्टी सदस्यलाई पनि सकृय बनाउने छ । यो २०८४ सालको तीनै तहको निर्बाचन लक्षित योजना भएकोपनि उनले खुलासा गरे ।
एमालेमाथी लगातार घेराबन्दी र हमला हुदै आएको सृङखला उल्लेख गर्दै राईले भने, हामी साइबर हमलाको समेत प्रतिवाद अथवा त्यो हमलालाई सामना गर्न योजनावद्ध ढङगले लागेका छौं । प्रतिगमनकारी शक्ति सल्बलाउँदा एमाले बाहेक अन्य दल मौन रहेको आरोप लगाउदै उनले त्यो आश्चर्यको विषय भएकोपनि बताए । जेठ १५ गते गणतन्त्र दिवसका दिनदेखिनै एमालेले प्रतिबाद सुरु गरेको उनको दावी छ । राजावादीका नाममा भइरहेका हर्कतविरुद्ध एमालेले जेठ १५ गते गणतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाएको हो’ राईले भने, प्रतिगामी हर्कतलाई पराजित गर्न एमालेको शक्ति पर्याप्त छ र नेपाली जनताले इतिहासमा पछाडि फर्कन जानेको छैन ।
एमाले कोशी प्रदेश कमिटीले जेठ महिनालाई विशेष महिनाका रूपमा लिएको र  विशेष अभियानमार्फत प्रदेशका १४ वटै जिल्लाका नेता, कार्यकर्ता र मतदातासम्म पुग्ने अभियान प्रारम्भ भएको राईले बताए। एमालेले कोशी प्रदेशका १४ वटै जिल्लामा समृद्धि निर्माणको मार्गचित्रबारे छलफल चलाइरहेको र यसलाई प्रदेशका सबै वडा, स्थानीय तह र जिल्ला तहमा केन्द्रित गर्ने उनको कथन छ । पद्रेशका ५० लाख नागरिकसम्म पुग्ने योजना एमालेको रहेको उनले वताए ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले आफुले शिलान्यास गरेका र सुरु गरेका योजनाहरुको अहिलेका मुख्य मन्त्री मन्त्रीले धमाधम उद्धघाटन गरिरहेको दावी गरे । कोशी प्रदेशमा सम्पन्न लगानी सम्मेलन पनि आफ्नै योजना र तयारी अनुरुपको रहेको राईको दावी छ । लगानी सम्मेलनको परिकल्पना र तयारी आफुले गरेको भएपनि कोरोना संक्रमणका कारण गर्न नपाएको वर्तमान सरकारले गरेको उल्लेख गरे । आफू मुख्यमन्त्री हुँदा सुरु भएका कामको ८० प्रतिशत पूरा भएको उनको दाबी छ।

संघीय सरकारले ल्याएको बजेट जनतामा आशा जगाउने र युवा पलायन रोकेर आर्थिक समृद्धिको अभियानलाई गतिशील बनाउने प्रकृतिको रहेको राईको दाबी छ। कोशी प्रदेश सरकारले ल्याउने बजेटबारे सत्तारुढ दुई दल कांग्रेस र एमालेबीचको संयन्त्रमा छलफल भइसकेको सहमतिका आधारमा आउने उनले वताए ।
पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, एमाले कोशी प्रदेश कमिटी उपाध्यक्ष टीकाराम चेम्जोङ, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य होमबहादुर थापा, लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!