११ जेठ २०८२, आइतबार

थेबेलाई अध्यक्ष दोहोर्‍याउन अध्यक्षमण्डललाई ओलीको निर्देशन

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, जेठ १०, २०८२

पोखरा । पोखरामा जारी राष्ट्रिय युवा संघ नेपालको दशौं महाधिवेशनमा अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले महाधिवेशनस्थलमा छुट्टाछुट्टै शक्ति प्रदर्शन गरेका छन् ।

महाधिवेशनस्थलमा थेबेका समर्थकले उनलाई अध्यक्ष बनाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । त्यसलगत्तै पुरी समर्थकको नाराबाजीका साथ महाधिवेशनस्थलमा प्रवेश गरेका थिए ।

स्रोतका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थेबेलाई अध्यक्ष दोहोर्‍याउन अध्यक्षमण्डललाई निर्देशन दिइसकेका छन्, तर महासचिव पुरी यस पटक अध्यक्ष नछाड्ने अडानमा छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066