०९ जेठ २०८२, शुक्रबार

मदनआश्रित दिवसको अवसरमा ताप्लेजुङ अस्पतालमा विरामीलाई फलफूल

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, जेठ ०३, २०८२

ताप्लेजुङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताद्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२ औं स्मृति दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङका बिरामी र कुरुवालाई फलफूल वितरण गरिएको छ । मदन भण्डारी फाउण्डेसन ताप्लेजुङद्वारा आयोजित कार्यक्रममा शनिवार बिहान ४२ जनालाई फलफूल वितरण गरिएको हो ।
नेकपा एमालेका सञ्चार विभाग प्रमुख सन्तोष चाम्लिङका अनुसार जिल्ला समन्वय समितिका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष छिरिङ लामा सहित एमालेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । ताप्लेजुङको मैवाखोला गाउँपालिकाढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको योगदानको विषयमा पनि चर्चा भएको चाम्लिङले जानकारी दिए ।
भण्डारी र आश्रितको २०५० साल जेष्ठ ३ गते दासढुङ्गामा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो ।   

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066