०९ जेठ २०८२, शुक्रबार

मोटरसाइकल दुर्घटनामा परेका बुढाथोकीको स्वास्थ्य सुधारोन्मुख 

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, जेठ ०१, २०८२

ताप्लेजुङ – धरानबाट भेडेटार हुँदै ताप्लेजुङ आउने क्रममा मोटरसाइकल दुर्घटनामा परेका फुङलिङ नगरपालिकाका पूर्व प्राविधिक सहायक लोकेन्द्र बुढाथोकीको स्वास्थ्य सुधारोन्मुख रहेको छ । बुढाथोकीलाई भेटेका नगरपालिकाका कर्मचारी भीम प्याकुरेलका अनुसार बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्जिकल कक्षमा राखेर उपचार भइरहेको छ ।

बुढाथोकीको दाया आँखा माथि १३ वटा टाँका लगाइएको छ । बिहीबार सिटिस्क्यान गरिएको र भित्री गहिरो चोट नदेखिएको चिकित्सकले बताएको प्याकुरेल बताएका छन् । ‘सिटिस्क्यान गर्दा भित्र गहिरो असर देखिएन,  बाहिर अनुहारहरू चाही फुटेको छ,’ प्याकुरेलले भने, ‘भेडेटार सम्म पुगेको बताउनु हुन्छ त्यहाँ देखि अगाडि बढेपछि कहाँ पुग्दा के भयो चाहिँ भन्न सक्नु भएन ।’ भेडेटार देखि अगाडि सावा खोलाको छेउमा दुर्घटना भएको जनाइएको छ । 

दुई दिन अघिमात्रै तराई झरेका बुढाथोकी नयाँ मोटरसाइकल लिएर जिल्ला फर्कँदै थिए । दुर्घटनापछि उनलाई जिल्ला अस्पताल पाँचथरमा ल्याइएको थियो । खुन नरोकिएपछि र बोल्न नसकेपछि एम्बुलेन्स मार्फत धरान लगिएको हो । बुढाथोकीका श्रीमती लगायत परिवारका सदस्यहरू बुधबार राती धरान पुगेका छन् । बुढाथोकी केही महिनाअघि मात्रै प्राविधिक सहायकवाट अवकाश भएका हुन् ।  

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066