१० जेठ २०८२, शनिबार

निलम्बनमा परेका बलबहादुर–मणिले छोडेनन् पार्टी कार्यालय, किसान महासङ्घको अधिवेशनमा अग्रणी भूमिकामा

Logo
Taplejung Press सोमबार, बैशाख २९, २०८२

ताप्लेजुङ – पार्टी निलम्बनमा परेका एमाले जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं कोशी प्रदेश कमिटीका सल्लाहकार सदस्य बलबहादुर साम्सोहाङ र पूर्व जिल्ला कमिटीका उपसचिव एवं पर्यटन विभाग कोशी प्रदेशका सचिव मणि शङ्कर पोमुले पार्टी कार्यालय धाउन छोडेका छैनन् । नेकपा एमालेको भातृ सङ्गठन अखिल नेपाल किसान सङ्घको जिल्ला अधिवेशनमा दुवैको उपस्थिति मात्रै रहेन भगीमान सुनुवारलाई अध्यक्ष बनाउने भूमिकामा मणि अग्रसर देखिए । 

सहभागीका अनुसार महासङ्घको कार्यक्रममा दुवैलाई अतिथि आशनग्रहण गराइएको थियो । बलबहादुर लाई  प्रदेश सल्लाहकार सदस्य र मणिलाई प्रदेश पर्यटन विभाग सचिवकै रुपमा आसन ग्रहण गराइएको आयोजक कमिटीका एक सदस्यले बताए । कार्यक्रममा कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमु, सचिव सन्तोष चाम्लिङ, जनवर्गीय सङ्गठनका प्रमुख एवं जिल्ला कमिटीका उप सचिव गोपाल न्यौपाने, फुङलिङ नगर कमिटी अध्यक्ष ज्ञानु लावती लगायतको उपस्थिति रहेको थियो ।

 किसान महासङ्घको सतौँ जिल्ला अधिवेशनले भगीमान सुनुवारको अध्यक्षतामा कमिटी गठन गरेको छ । निर्वाचित कमिटीलाई अबिर लगाएर वधाई दिनेमापनि साम्सोहाङपोमु अग्रणी देखिएका थिए ।  

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066