०९ जेठ २०८२, शुक्रबार

 सञ्चपाललाई फकाउदै माओवादी, प्रचण्डको कार्यक्रममा जान मानेनन्  (भिडियो सहित)

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस सोमबार, बैशाख २९, २०८२

ताप्लेजुङ – बैशाख २७ गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रले गरेको आग्रह संविधानसभा सदस्य सञ्चपाल मादेनले अस्वीकार गरे । आफ्नो पार्टीबाट संविधानसभा सदस्य, प्रदेश सचिवालय सदस्य सम्मको जिम्मेवारी तथा दोस्रो संविधानसभा सदस्य उम्मेदवारको टिकट सम्म पाएका मादेनले नयाँशत्ति, एमाले लगायतका पार्टी चहारेर निष्कृय बसेका वेला माओवादीले पुरानै पार्टी फर्काउने प्रयास गरेको हो ।

प्रचण्ड आउने कार्यक्रममा पाँचथरको फिदिम लगेर सकृय बनाउने प्रयास स्वरुप २६ गते पार्टी कार्यालयमा बोलाएर जिल्ला इन्चार्ज खेलप्रसाद वुढाक्षेत्री, जिल्ला समन्वय समिति प्रमुख विष्णु हाङवाङ ‘विरु’, सचिव सागर गौतम लगायतले प्रयास गरेका थिए । तर मादेनले ‘अहिले म कुनै पार्टीको झण्डा बोकेर हिड्दिन भन्ने जवाफ दिएको स्रोतले बताएको छ ।

मादेनले पनि आफूसँग कुरा भएको तर अहिले निष्कृय बस्छु भन्ने जवाफ दिएको स्विकारे । मादेन माओवादीको प्रदेश सचिवालय सदस्य, नयाँशक्ति पार्टीको केन्द्रीय कार्यकारी सचिवालय सदस्य र एमालेको प्रदेश सचिवालय सदस्य सम्मको जिम्मेवारीमा पुगेका थिए । पछिल्लो पटक प्रवेश गरेको पार्टी एमालेमा पनि नरहेको उनले बताए । माओवादीमा रहँदा बाबुराम भट्टराईका शुभचिन्तक उनले भट्टराईसँगै नया शक्तिमा लागेका थिए ।

बाबुरामले मधेसी दलसँग एकता गरेपछि निष्कृय बसेका थिए । एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभा विगठन गरेपछि त्यसको समर्थन गर्दै एमालेमा लागेका थिए । एमालेमा प्रदेश सचिवालय सदस्यको जिम्मेवारी पाएका उनी कुनैपनि मिटिङ बैठकमा सामेल नभएको एमालेले जनाएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनमा एमालेलाई सहयोग गरेका मादेनले प्रतिनिधिसभा एवं प्रदेशसभाको निर्वाचनमा भने माओवादीका उम्मेद्वार खेलप्रसाद वुढाक्षेत्रीलाई सहयोग गरेका थिए । 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066