११ जेठ २०८२, आइतबार

मेयर र शाखा अधिकृतको विवादले प्रशासनमा बिहीबार तीन घण्टा पेन डाउन

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, बैशाख २६, २०८२

ताप्लेजुङ – जिल्ला प्रशासन कार्यालयका कर्मचारीले बिहीबार झण्डै तीन घण्टा ‘पेन डाउन’ गरे । दिउसो १ बजेसम्म सेवाग्राहीको काम गरेनन् । कारण थियो, बुधबार फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले नागरिकता फाँटका कर्मचारी रमेश अधिकारीलाई हप्काएको र धकेलेको विषय

नगरपालिका प्रमुख मादेनले एकजनाको नागरिकताको काम गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्कालाई आग्रह गरेका थिए । सहायक प्रजिअले उनको कागजातमा तोक लगाइदिएकी थिइन । कागजात फाँटमा पुगेको थियो । फाँटका नायव सुब्बा अधिकारीले यो अहिले हुदैन भनेपछि सेवाग्राहीले नगरपालिका प्रमुख मादेनलाई फोन गरेर ‘फाँटमा हुँदैन भन्छ’ भने । नगर प्रमुख मादेन कार्यालय तर्फ जाँदै थिए ।

संयोग, सेवाग्राहीको फोन आउँदा प्रशासन कार्यालय अगाडि पुगेका थिए । चालकलाई त्यही गाडी रोक्न लगाए र प्रशासन कार्यालयमा पसे । अधिकृतकोमा नगई सरासर नागरिकता फाँटमा गए । फाँटका नायब सुब्बा अधिकारीलाई ‘सहायक सीडीयोले तोक लगाएको काम किन भएन’ भनेर प्रश्न गरे । सुब्बा अधिकारीले ‘तपाई को हो’ भनेर प्रतिप्रश्न गरे । मेयर मादेनले ‘म जनता हो, काम किन नगरेको’ भनेर फेरी प्रश्न गरे । विवाद लम्बियो र सहायक प्रजिअसामु पुग्यो । सहायकले समन्वय गरे पश्चात मेयर मादेन कार्यालयतिर लागे । कर्मचारी काममा फर्किए ।

तर, सन्तुष्ट थिएनन्मङ्गलबार प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोक गएका थिए । बुधबार बिहान १० वजे कार्यालय पुगेका कर्मचारीले काम गरेनन् । प्रजिअ शर्मा जलविद्युत विवादको विषयको छलफलमा थिए । उनले फाँटमा काम नभएको पत्तो पाएनन् । कार्यालय भर्खर खुलेकोको होला, सेवाग्राही पनि काम भएन भनेर प्रजिअकोमा आएनन् । विद्युतको छलफल सकिएपछि प्रशासनका कर्मचारी मौखिक उजुरी लिएर गुटुङटुङ प्रजिअको कार्यकक्षमा आए । काम नगर्ने (पेन डाउन गर्ने) अडान लिए ।

अन्य निकायमा काम नभए समन्वय गरेर काम गराउनु पर्ने प्रजिअ आफ्नै कर्मचारीको दबाबमा परे । आफूले नगर प्रमुखसँग कुरा गर्ने आश्वासन दिए . तरपनि कर्मचारी मानेनन् । त्यसपछि प्रजिअ शर्माले नगरप्रमुख मादेनलाई छलफलका लागि प्रशासन कार्यालयमा आइदिन आग्रह गरे । नगर प्रमुख मादेनपनि सरक्क आइदिए । त्यसपछि नगरप्रमुख मादेन र कर्मचारी र कर्मचारी बिच छलफल भयो । प्रशासन कार्यालय स्रोतका अनुसार दुवै पक्षवाट ‘मिस अण्डरस्टेन’ भएको निष्कर्ष निस्कियो र कर्मचारी काममा फर्किए ।

प्रशासन कार्यालयका कर्मचारीका अनुसार नगर प्रमुख मादेनले सहायक सीडीयोले तोक लगाएको काम किन नगरेको भनेर सोद्ध्नुको अलावा, तेरो घर कता हो ? कहा जान्छस ? भनेर गालि गलौज गर्नुका साथै कार्यस्थलमा धकलेका थिए । तर मादेनभने नधलेको एसो हातले लागेको दावी गछर्न । ‘त्यो साथीले तपाई को हो भनेपछि म कोहीपनि होइन जनता हो, यस्ता सर्वसाधारण अक्षरपनि नचिन्ने मान्छेको काम किन नगरेको, किन दुख दिएको’ भनेर प्रश्न प्रश्न मात्रै गरेको हु, मादेन बताउछन् ।

बुधबार मादेन र कर्मचारीबिच छलफल हुदाभने अधिकारीले तपाईको को हो नभनेर तपाई सेवाग्राहीको के नाता हो ? भनेर सोधेको बताएका थिएभनें नगर प्रमुख मादेनले सहायकले तोक लगाएको काम नभएपछि र तपाई को हो, भनेपछि आफु अली आवेगमा आएको वताएका थिए । यसैलाई ‘मिस अण्डरस्टेनिङ’ को रुपमा बुझेर सहमती भएको थियो । सेवाग्राहीले १ वजेपछि सेवा पाएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066