२२ भाद्र २०८२, सोमबार

निलम्बनमा परेका पोमुको प्रतिकृया ः ‘सबै नेता कार्यकर्ताको सम्मानजनक सहभागिता’

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, बैशाख २४, २०८२

 नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घको दशौं जिल्ला अधिवेशनको क्रममा भएको झडपको विषयलाई लिएर निलम्बनमा परेका पार्टीका निवर्तमान उपसचिव एवं प्रदेश पर्यटन विभागका सचिव मणि शङ्कर पोमुले पार्टीमा सबै नेता कार्यकर्ताको सम्मानजनक सहभागिता हुनुपर्ने प्रतिकृया दिएका छन् । ‘पार्टी भित्रको साङ्गठनिक अराजकताको निमित जस्तो सुकै मूल्य चुकाउन तयार छौ, पार्टी विधिप्रकृयामा चल्नु पर्छ, हाम्रो उद्देश्य पार्टी सङ्गठन बलियो र एकताका साथ निर्माणमा सबै नेता कार्यकर्ताहरूको सम्मान जन सहभागिता हुनुपर्छ’ पोमुले सामाजिक सञ्जालमा लेखेका छन् ।

पोमुले थपेका छन्, ‘सबै कुरा अपनाउनु पर्छ, आजको हार पनि मेरो हो भने भोलिको जित पनि मेरो नै हो, त्यसैले यहाँ, विश्वस्तछु सांगठानिक न्यायको पक्षमा जित हुने छ, तपाईँहरू सबै धैर्यताका साथ बस्नुहोस् हाम्रो सामु मिसन थुप्रै छन् क्रमश…।’ प्रदेश कमिटीको मङ्गलबार बसेको बैठकले प्रदेश कमिटीका सल्लाहकार वलवहादुर साम्सोहाङपोमुलाई एक महिनाका लागि निलम्बन गर्नुका साथै प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

साम्सोहाङले भने सार्वजनिक रुपमा कुनै प्रतिकृया दिएका छैनन् । निलम्बनमा परेपछि प्रदिप नेपाललाई श्रद्धाञ्जली दिएका उनले पाथिभराबाट फर्किएका यात्रुहरू नाचेको भिडियो पोष्ट गरेका छन् । छानविन समितिले ज्येष्ठ १५ गतेसम्ममा प्रतिवेदन बुझाउने उल्लेख छ । युवा सङ्घको दशौं जिल्ला अधिवेशनको क्रममा अध्यक्ष मण्डलले कमिटीको नाम पढेर ताली पिट्न लगाएपछि विवाद भएको थियो । साम्सोहाङ, पोमु समुहले उपाध्यक्ष र सचिवको दावी गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!