११ जेठ २०८२, आइतबार

भारतीय आक्रमणपछि पाकिस्तानको पञ्जाबमा आपत‍्काल घोषणा, अहिलेसम्म के–के भयो ?

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, बैशाख २४, २०८२

काठमाडौं । भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको पञ्जाव राज्यमा आपत‍्काल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन् ।

भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थानमा सैन्य आक्रमण गरेको सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतले यो आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।

भारतको यो आक्रमणपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्स ह्यान्डलमा ‘भारत माता की जय’ लेखेका छन् ।

उता, पाकिस्तानी प्रधानमन्त्री भारतले गरेको युद्धको जवाफ दिने अधिकार पाकिस्तानलाई रहेको बताएका छन् ।

भारतका केही मिडियाले पाकिस्तानले पनि जवाफी आक्रमण भएको जनाएका छन् । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्था डानले लेखेको छ, “भारतले लगाएको यो युद्धको उचित जवाफ दिन पाकिस्तानलाई पूर्ण अधिकार छ र उचित जवाफ दिइँदैछ । सम्पूर्ण राष्ट्र पाकिस्तानी सशस्त्र सेनाको साथमा छ र सम्पूर्ण पाकिस्तानी राष्ट्रको मनोबल र भावना उच्च छ ।”

भारतको यो आक्रमणबाट तीन जनाको निधन र १२ जना घाइते भएको डानले जनाएको छ । यस्तै, डानका अनुसार भारतले पाकिस्तानको कोल्टी, बहवालपुर, मुरिदके, बाघ र मुजफरबादमा आक्रमण भएको जनाएको छ ।

यो समाचार बाह्खरी बाट साभार गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066