०९ जेठ २०८२, शुक्रबार

युवा सङ्घ विवादको विषयमा एमाले कोशी प्रदेश कमिटीले बनायो छानविन समिति, साम्सोहाङ र पोमु एक महिनाका लागि निलम्बित

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, बैशाख २३, २०८२

ताप्लेजुङ – राष्ट्रिय युवा सङ्घ ताप्लेजुङको दशौं जिल्ला अधिवेशनको क्रममा भएको विवादको विषयलाई लिएर नेकपा एमाले कोशी प्रदेश कमिटीले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीका अनुसार प्रदेश कमिटी उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिले ज्येष्ठ १५ गते सम्ममा प्रतिवेदन बुझाउने र प्रतिवेदनका आधारमा थप प्रकृया अघि बढ्ने भण्डारीले बताए‘निलम्वनपनि भएको छ तर अहिले उहाँहरूको नाम भन्न मिल्दैन,’ भण्डारीले भने, ‘हाम्रो कम्युनिष्ट पार्टीमा कतिपय बाहिर देखाउने कुरा हुन्छ कतिपय भित्र राख्ने कुरा हुन्छ ।’ निलम्बन भनेको सामान्य चेतावनी जस्तो भएको उनले दावी गरे । ‘यो निलम्बन भनेको चेतावनी जस्तो मात्रै हो । यो पार्टीको आन्तरिक प्रकृया हो । छानविन समितिले सबैसँग छलफल परामर्श गर्छ । प्रतिवेदन बुझाउँछ । त्यो प्रतिवेदन अनुसार हुन्छ’ उनले भने ।

बैठकमा सहभागीका अनुसार जिल्ला कमिटीका निवर्तमान अध्यक्ष बलबहादर साम्सोहाङ र निवर्तमान उपसचिव मणि शङ्कर पोमुलाई एक महिनाका लागि जिम्मेवारीबाट अलग गर्ने निर्णय भएको छ । साम्सोहाङ अहिले प्रदेश कमिटी सल्लाहकार परिषद सदस्य र पोमु प्रदेश कमिटी पर्यटन विभाग सचिवको जिम्मेवारीमा रहेका छन् ।

साम्सोहाङपोमुसग पार्टीमा राम्रो जनमत भएकाले कारवाही प्रकृया घातक हुने आवाज बैठकमा उठेको थियो । जनमत भएका नेतालाई कारबाही गरे पार्टी समस्यामा पर्ने सुझाव व्यक्तिगत रुपमा पनि दिएको स्रोतले वताएको छ । ‘माथिको प्रेसर छ, केही न केही गर्नुपर्ने छ’ भन्दै नेताहरूले छानविन समिति बनाउने र छानविन हुँदा सम्मकालागि निलम्बन गर्ने निर्णय भएको एक प्रदेश कमिटी सदस्यले बताए

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066