

ताप्लेजुङ – स्थानीय तहको वजेट बनाउने तयारी भइरह फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले वडाध्यक्ष आफूलेपनि देखिने गरीका योजना नल्याएको र आफूलाई पनि गर्न नदिएको गुनासो गरेका छन । फुङलिङ नगरपालिका ९ हाङदेवाको डाडा आधारभुत विद्यालयको स्वर्ण महोत्सव कार्यक्रम उद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन ।
तीन वर्ष पुरा हुँदापनि देखिनेगरीको काम नभएको उनको गुनासो छ । ‘हामी आयौं तीन वर्ष भयो । फुङलिङ नगरपालिका ९ ले के पायो त ? हेर्दा त केहीपनि देखिदैन, खाली टालटुले काम सुरुवात गर्ने छोडिदिने मात्रै भयो,’ मेयर मादेनले थपे, ’मैले बजेट बनाउँदाखेरी देखिने काम मात्रै ल्याउनुहोस है वडाध्यक्षज्युहरु तपाइहरुको पाचवर्षे कार्यकाल सकिदा कमसेकम पाचवटा काम सम्पन्न गर्न सकियो भने तपाईहरुलाई जनताले बिर्सने छैन भन्दाखेरि कुनैपनि वडाध्यक्षले तेस्ता योजना ल्याएनन् ।’
वडाध्यक्षहरुले एक लाख, दुई लाखका योजना ल्याउने गरेको उनको गुनासो छ । ‘अब एकलाख, दुई/तीन लाखको योजना बाड्दा खेरि काम केही देखिन्छ त,’ मादेनले प्रश्न गर्दै भने, ‘मेयरले एउटा वडामा म देखिने काम गर्छु भन्दा हामीलाई पैसा थोरै भयो । मेयरले एक्लै तीन करोड बाड्ने ? हो, यस्ता कुराहरु आएका कारण मैलेपनि ठोस कामहरू गर्न सकिन ।’ उनले वडाध्यक्षहरुले पनि देखिने काम नगरेको र आफूलेपनि गर्न नसकेको बताए । ठोस काम गर्न नसकेकै कारणले एक पटकको जनप्रतिनिधिले अर्को पटक नजितेको र पार्टीले पनि टिकट नदिएको उनको कथन छ ।
‘तीन बर्स भयो आयौ गयौं, न वडाध्यक्षहरुले सक्यो न मैले गर्न सकें’ मादेनले थपे, ’जनप्रतिनिधि किन दोहोरिदैन, किन हाछर्न, हो यस्तै कुराले हो ।’ उनले आफूलाई काम गर्न सजिलो नभएको पनि बताए । ‘फुङलिङ नगरपालिकाले एउटा खुला मैदान बनाउन सकेको छैन । २०८१/८२ मा पनि बजेट छुट्यायौ, त्यो वेलापनि जग्गा लिन सकेनौं,’ मादेनले थपे, ‘बजार फराकिलो १५ मिटर चौडाको बनाउन टहराहरु भत्कायौ । अर्थमन्त्रीलाई मागेर २५ करोड बजेट पनि ल्यायौ । सर्भे गरेर ठेक्का निकाल्ने बेलामा सर्वोच्चले फैसला नगरेको हुनाले त्यो बजेट फिर्ता गयो ।’ नगरपालिका प्रमुखले सडक चौडा बनाउन वजार क्षेत्रको हेलिप्याड देखि उकालीपानी सम्मका टहरा भत्काएका थिए । यही विषयमा केही स्थानीयले निर्माणको काम रोक्का गरी पाउ भनेर सर्वोच्चमा रिट निवेदन दिएका थिए ।