०९ जेठ २०८२, शुक्रबार

किन चाहन्थ्यो ‘वलवहादुर, मणि शंकर’ समुह युवा सङ्घ ताप्लेजुङको उपाध्यक्ष र सचिव

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, बैशाख २३, २०८२
ताप्लेजुङ – नेकपा एमालेको प्रमुख भातृ संस्था राष्ट्रिय युवा सङ्घको नेतृत्व चयनमा विवाद भयो । पाटीमा २३ वटा जन वर्गीय सङ्गठन भएपनि जिल्ला अधिवेशनबाट बाहिरिएको ‘वलवहादुर साम्सोहाङ, मणि शकर पोमु’ समुहले युवा र विद्यार्थी सङ्गठनमा आफूहरूको पनि अपनत्व हुनेगरिको कमिटी चाहना गरे । युवासङ्घको नेतृत्वमा आउन चाहेका मानिक तुम्बाहाम्फे यो समुहकालागि पनि स्वीकार्य थिए ।
‘वलवहादुर, मणि शकर’ समुहले उपाध्यक्षमा दिलकुमार सुनुवार र सचिवमा प्रकाश एभेङलाई चाहेका थिए । त्यो बाहेकका पदमा संस्थापन समुहले जोसुकैलाई राखोस् भन्ने उनीहरूको मनसाय थियो । अध्यक्षको पक्षमा बहुमत सदस्य हुनुपर्छ भन्ने बुझाई पनि उनीहरूको थियो । तर संस्थापन दुई पद दिन असहमत देखियो । दिलकुमारको नाम अटाइएन र उपाध्यक्षमा प्रकाश एभेङलाई राख्ने प्रस्ताव गरियो । अध्यक्ष मण्डलको यो प्रस्तावपछि विद्रोह भयो ।
अन्तत अध्यक्ष मण्डलले बन्दसत्रलाई निरन्तरता दिन सकेन र चार दिनपछि नाम सार्वजनिक गर्यो । चारदिन पर्खिएको अध्यक्ष मण्डलले नामावली सार्वजनिक गर्न सामाजिक सञ्जालको सहारा लिनुपर्यो । यतिबेला भने दिलकुमारलाई उपाध्यक्ष र प्रकाशलाई उपसचिवमा समावेश गरियो । तैपनि सपथ ग्रहण र मन माझामाझको तिथिमिति तय भएको छैन । नेकपा एमालेका प्रवक्ता सन्तोष चाम्लिङ युवा सङ्घको राष्ट्रिय महाधिवेशनमा केन्द्रीत हुनुपर्ने भएकाले उता जानुभन्दा अगाडि वा गएर फर्किएपछि हुनसक्ने बताउँछन् ।
असन्तुष्ट समुहका मणि शकर पोमुले आलोचनात्मक समर्थन गरेका छन् ।  कनिकुथी कनिका छरेर जालमा पारौँला भन्ने सोच सफल नहुने प्रष्ट सन्देशपनि दिएका छन् ।
दुईवटा पदकालागि किन लागी पर्यो त असन्तुष्ट समुह ?
जिल्ला अधिबेशन देखि पार्टीमा दुई समुह प्रष्ट छ । पार्टी अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे अस्वस्थ भएर जिल्लामा बस्न सक्ने अवस्था नभएपछि राजधानी काठमाण्डौमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् । यतिबेला कार्यवाहकको भूमिका उपाध्यक्ष दिपेन पोमुलाई दिइएको छ । असन्तुष्ट समुह पार्टीमा आफुहरुलाई पनि कुनै न कुनै भूमिका दिइयोस् भन्ने चाहना राख्छन् । त्यो सङ्केत दिनका लागि पार्टी सङ्गठन, प्रशिक्षण लगायतका काममा जाने, तस्विर पोष्ट गर्ने जस्ता गतिविधि पनि गरेका छन् ।
तर, पार्टीले त्यो बुझ्नुको साटो आफुखुसी पार्टी कार्यक्रममा नजान उर्दी गरेको छ । संस्थापन समुहले असन्तुष्ट समुहको पकट मानिएको क्षेत्रमा उनिहरुलाई जानकारी नै नदिई प्रशिक्षणमा जाने प्रयासपनि गरेका छन् । चाक्सिवोटे, डुम्रीसेमा त्यसलाई रोक्न लगाएर पनि असन्तुष्टले संस्थापन समुहलाई प्रष्ट सन्देश दिएको छ । यी सङ्केत नबुझेपछि वा, वुझ्न नचाहेपछि असन्तुष्ट समुह ‘संयोजन सेतु’ को खोजीमा देखिन्छ । साम्सोहाङले भने, ‘पार्टीमा यस्ता समस्याहरु आइरहन्छन् । तर त्यसलाई समन्वय गर्न सक्नुपर्छ । त्यो सक्नेभनेको पार्टीको प्रमुख घटक युवाहरु हुन् । उनिहरुले युवा परिचालन मात्रै होइन पार्टी नै मिलाउन सक्छन् भन्ने हाम्रो बुझाई हो ।’
इतर समुहलाई जताततै वहिस्कार गर्न खोजीए बिद्रो स्वभाविक भएको उनको बुझाई छ ।  मानिकको नेतृत्वमा उनिहरुले चाहेका दुई सुनुवार र एभेङ  राखेको भए पार्टीलाई सन्तुलन मिलाएर वढाउन सकिन्छ भन्ने सोच यो समुहमा रहेको थियो । अध्यक्ष तुम्बाहाम्फेपनि जिल्लामा भएको गतिविधि प्रति सन्तुष्ट छैनन । फोनमा प्रष्ट बोल्ने कुरागर्ने उनलाई यसको लागि कसैलेपनि समन्वय गरेनन् । नत प्रमुख अतिथि भएर आएका सिनामकै क्षितिज थेवेले ‘जिल्ला जादैछु , केछ माहोल’ भनेर तुम्बाहाम्फेसँग समन्वय गरे । जिल्लामा आएरपनि आफुसँग समन्वय नगरेको उनको गुनासो छ ।
उनले भने, ‘पार्टी यसरी चल्दैन मिलाएर लानु र जानुपर्छ ।’

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066