

ताप्लेजुङ – जिल्लामा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । प्रदिप मादेनको संयोजकत्वमा ४७ सदस्यीय मोर्चा गठन भएको हो ।
सह संयोजकमा इन्द्र थलङ, श्री लिङ्खिम, पूर्ण पालुङ्वा, अशोक मादेन र डम्बर लाबुङ रहेका छन् । सचिव धनकुमार येङदेन, सहसचिव चतुरमती थाङदेन, आर्थिक विभाग प्रमुख कमला पालुङवा रहेको मोर्चाको प्रवक्ताको जिम्मेवारी सरोज कङलिबाले पाएका छन् ।
मोती पालुङवा, कर्णबहादुर पालुङवा, खड्ग गुरुङ, रत्न नुगो, मोती तुम्बाहाम्फे, कृतिमान मादेन, असीम पालुङवा, चन्द्र मादेन र हर्क तुम्बाहाम्फेलाई सल्लाहकार राखिएको छ ।
आइतबार सम्पन्न जिल्ला भेलालाई डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ, भक्त खेवाङ, असिम पालुङवा, चन्द्र मादेन लगायतले सम्बोधन गरेका थिए । कृतिमान मादेन, नरकुमारी नाल्बो, चतुरमती थाङदेन लगायतलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा बिरेन तबेबुङ संयोजक र जनम इधिङगो सहसंयोजक रहेको १६ सदस्यीय संयुक्त पहिचानवादी युवा मोर्चा समेत गठन गरिएको प्रवक्ता एभेङले जानकारी दिए ।