२२ भाद्र २०८२, सोमबार

थेवे राष्ट्रिय युवा सङ्घको अधिवेशनबाट नेतृत्वमा नदोहोरिने, ८४ को तयारीका लागि ताप्लेजुङ फर्कने

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, बैशाख २१, २०८२

ताप्लेजुङ – नेकपा एमालेको भातृ संस्था नेपाल राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले आगामी नेतृत्व नदोहोर्‍याउने बताएका छन् । आगामी ज्येष्ठ ९ देखि ११ गतेसम्म पोखरामा हुन लागेको राष्ट्रिय महाधिवेशनबाट आफूले मार्ग प्रसस्त गर्ने उनले प्रष्ट पारे ।

गृह जिल्ला ताप्लेजुङ आएका थेवेले पत्रकारसँग कुराकानी गर्दै आफ्नो दुई वर्षको कार्यकाल रचनात्मक र सफल भएको दावी गरे । ‘मेरो बैशाख १ गते कार्यकाल सकिएको हो । मैले बैशाखमै महाधिवेशन गर्ने तयारी गरेको थिए“ । बैशाख ११ गते पार्टीले युथ सेलिब्रेसन मनाएको र सबै भातृ संस्थाको महाधिवेशन गर्नु पर्दा समय तालिका मिलाउनु पर्ने भएकाले जेष्ठमा पुगेको हो,’ उनले भने, अहिले  पदलोलुपता धेरै बढेको छ तर म त्यो पक्षमा छैन नेतृत्वमा नयाँ साथीहरू आउनु हुन्छ ।’ युवा सङ्घमा एकसे एक नेतृत्व गर्ने क्षमताका व्यक्ति भएकाले जो आफूले नाम लिने गरिको व्यक्ति नभएको बताए

अन्तत जाने ठाउँ  नेकपा एमाले पार्टीमै भएकाले आफुपनि पार्टी राजनीतिमा जाने उनले बताए । ‘हामी जाने अन्तत ठाउँ नेकपा एमाले नै हो । केन्द्रीय कमिटी नै हो,’ थेवेले भने, ‘पार्टीले कुन ठाममा खटाउँछ त्यहाँ जाने हो र रचनात्मक ढङ्गले काम गर्ने हो ।’ पहिला तीन वर्षे कार्यकाल भएपनि कार्यकर्ता उत्पादन गर्ने थलो भएकाले आफूले दुई वर्षे बनाएको उनको कथन छ । ‘पहिला तीन वर्षे कार्यकाल थियो, दुई वर्षे कार्यकाल मैले बनाएको हो,’ उनले थपे, ‘यो कार्यकर्ता उत्पादन गर्ने थलो भएकाले दुई वर्ष बनाउनु पर्छ भनेर सुरु गरेका छौँ । यो कारखाना, उद्योगले लाखौं कार्यकर्ता उत्पादन पनि गरेको छ ।’ उनले आगामी निर्वाचनमा ताप्लेजुङबाट प्रतिष्पर्धा गर्नेपनि सङ्केत गरे । ‘मेरो जन्मस्थल ताप्लेजुङ नै हो, जन्मभूमि बाट राजनीति गर्नु अनौठो होइन,’ उनले थपे, ‘पार्टीले मूल्याङ्कन गरेर खटाएको ठाममा जान्छु ।’

एमाले अध्यक्ष एवं केपी शर्मा ओलिको प्रिय पात्र मानिने थेवेले युवा सङ्घको नेतृत्व छोड्ने, आगामी महाधिवेशनमा पार्टी केन्द्रीय सदस्यको दावी गर्ने र २०८४ को निर्वाचनमा गृह जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्ने योजना बनाएको उनी निकट बताउँछन् । युवा सङ्घको नेतृत्व छोडेपछि ताप्लेजुङको फुङलिङमै बस्ने योजना बनाएका थेवेले त्यसलाई अस्वीकार गरेनन्‘वस्नकोलागि आवास त जहापनि चाहिन्छ,’ उनले थपे, ‘त्यो व्यवस्थापन गर्नु अनौठो पनि होइन ।’

थेवे संविधानसभा सदस्य भुपेन्द्र थेवे र वर्तमान प्रतिनिधिसभा सदस्य उर्मिला थेवेका कान्छा छोरा हुन् । उनी युवा संघ ताप्लेजुङको दशौं जिल्ला अधिवेशनको उद्वघाटनकालागि ताप्लेजुङ आएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!