२३ भाद्र २०८२, मंगलबार

भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बुधबार, बैशाख १७, २०८२

काठमाडौँ ।  जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा पुगेको छ।

भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन गर्ने, सीमा नाका बन्द गर्ने र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गर्ने जस्ता धेरै निर्णयहरू गरेको छ । प्रतिक्रियामा, पाकिस्तानले सन् १९६० को शिमला सम्झौताबाट पछि हट्ने घोषणा गरेको छ र नदीहरूको पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई ‘युद्धको कार्य’ मानिने र पूर्ण शक्तिका साथ जवाफ दिइने बताएको छ ।

दुवै देशका राजनीतिक नेतृत्वले एकअर्कालाई कडा चेतावनी र कडा बयान जारी गर्दै उचित जवाफ दिने बताइरहेका छन्।

पहलगाम आक्रमणपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहीबार एक र्‍यालीमा भनेका थिए, ‘आक्रमण गर्ने आतंककारीहरूले कल्पना गर्न सक्नेभन्दा पनि नराम्रो सजाय पाउनेछन्।’

उनले भने, ‘म सारा संसारलाई यो सन्देश दिन्छु कि भारतले हरेक आतंककारी र तिनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ… अब आतंककारीहरूको बाँकी रहेको जग ध्वस्त पार्ने समय आएको छ।’

उता, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले कुनै पनि दुस्साहसको कडा जवाफ दिने कुरा बताएका छन् । त्यस्तै पाकिस्तानका रक्षामन्त्री ख्वाज आसिफले पनि बीबीसीसँगको अन्तर्वार्तामा ‘सिन्धु जल सन्धिसँग सम्बन्धित कुनै पनि कार्यलाई युद्धको घोषणा मानिनेछ’ भनेर दोहोर्‍याए।

  • अवकाशप्राप्त जनरलले कस्तो चेतावनी दिए ?

दक्षिण एसियाली राजनीतिमा नजर राख्ने विज्ञहरूले भारतले सीमित सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । यसले पूर्ण युद्ध निम्त्याउन सक्ने उनीहरुको भनाई छ ।

यद्यपि, लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) एसएच पनागले सैन्य कारबाहीबारे हतारमा निर्णय लिन नहुने चेतावनी दिएका छन्। द प्रिन्टमा लेखिएको एक लेखमा उनले पाकिस्तान आणविक हतियारले सम्पन्न देश भएको र भारतीय सेनाको सीमित सैन्य कारबाहीको जवाफ दिन पर्याप्त परम्परागत शक्ति रहेको जिकिर गरेका छन्।

उनले लेखे, ‘भारतसँग कुनै पनि क्षेत्रमा पर्याप्त प्राविधिक पहुँच छैन, चाहे त्यो मिसाइल होस्, ड्रोन होस् वा वायुसेना या कुनै पनि क्षति बिना बदला लिने सर्जिकल स्ट्राइक गर्न। पाकिस्तानसँग पनि जवाफ दिने क्षमता छ र हामी यसको लागि तयार हुनुपर्छ।’

अर्कोतर्फ, बीबीसीलाई दिएको एक अन्तर्वार्तामा पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आफ्नो सेनाको तयारीको बारेमा भने, ‘हामीलाई तयारी गर्नु पर्दैन। हामीले पहिले नै तयारी गरिसकेका छौँ । हामी कुनै पनि परिस्थितिको लागि तयार छौँ ।’

शनिबार पाकिस्तानका प्रधानमन्त्री शाहनवाज शरीफले पनि भनेका छन्, ‘यदि कुनै पनि प्रकारको सैन्य कारबाही गरियो भने सन् २०१९ मा जस्तै जवाफ दिइनेछ।’

उनले पुलवामा आतंकवादी हमलापछि बालाकोटमा भारतले गरेको हवाई आक्रमणलाई संकेत गर्दै थिए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!