२३ भाद्र २०८२, मंगलबार

ताप्लेजुङ अस्पतालमा सर्जन डाक्टर, सल्यक्रिया सेवा सुरु

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस बिहिबार, चैत्र २०, २०८१

ताप्लेजुङ – कोशी प्रदेश सरकारले जिल्ला अस्पताल ताप्लेजुङमा जनरल सर्जन डाक्टर पठाएको छ । हेन्ड सर्जरीमा फेलोसिप समेत गरेका बिशेषज्ञ डाक्टर प्रनम जयरुले ‘एपेन्डिक्स, हर्निया, पायल्स, फिसर, फिस्टुला, गोलागाठा र एमर्जेन्सीमा हुने पेट, हातखुट्टा लगायतको अप्रेशन ताप्लेजुङ जिल्ला अस्पतालमै हुने दावी गरे । आफुले यो प्रकृया सुरु गरिसकेको पनि उनले वताएका छन् ।
जिल्ला अस्पताल प्रमुखको समेत भुमिकामा आएका जयरुले यसअघि संखुवासभा जिल्ला अस्पतालमा दुई वर्ष काम गरेका हुन् । ‘सरकारले दुर्गम र अति दुर्गममा बिशेषज्ञ डाक्टर पठाउने नीति लिएको छ,’ उनले भने, ‘हामीले जिल्ला अस्पतालमा केही व्यवस्थापन गर्न सके अरु बिशेषज्ञ डाक्टर पनि आउनु हुन्छ ।’
उनले आफु अस्पतालको प्रमुख डाक्टरपनि भएकाले आवष्यक उपकरणको बन्दोबस्ति मिलाउने दायीत्व आफ्नै भएको वताए । ‘मैले जानेजतिको सिप प्रयोग गर्ने गरी औजार उपकरण जिल्ला अस्पतालमा छैन,’ उनले थपे, ‘तर म अस्पताल प्रमुखपनि भएकाले त्यो औजार पुर्णता गर्ने जिम्मेवारी पनि मेरो हो र म पुर्ण गर्ने प्रयत्न गर्नेछु ।’ जिल्ला अस्पतालमा आइसियु सञ्चालनकालागि पुर्वाधार भएको तर जनशक्ति नभएकाले तत्काल सञ्चालन गर्न नसकिने उनले वताएका छन् । ‘आइसियु सञ्चालनमा ल्याउन कमसेकम फिजिसियन, एनेस्थेसिया चिकित्सकको आवष्यकता पर्छ,’ उनले भने, ‘आइसियु आइसियुजस्तै देखिनु पर्छ र हुनुपर्छ, प्रदेश र स्थानीय सरकारले पहल गरे सम्भव छ ।’ यसकालागि आफुले अस्पताल व्यवस्थापन समितिस“गको समन्वयमा काम गर्ने वताए ।
जिल्ला अस्पतालमा अहिले दुईजना डाक्टरको दरवन्दी छ । यो १५ शैयाको अस्पताल हो । कोशी प्रदेश सरकारले ५० शैयाको बनाउने घोषणा गरेपनि कार्यान्वयन भएको छैन । ‘गाउ“पालिकाका आधारभुत अस्पताल हुन्, त्यहा“वाट रेफर भएर आउने विरामीले जिल्ला अस्पतालमा उपचार पाउनेगरीको व्यवस्थापन मिलाउन सकिन्छ,’ जयरुले थपे, ‘प्रदेश सरकारले अध्ययनपनि गरेको छ, अब त्यस अनुसारको काम होला ।’
सरकारले दुर्गम र अति दुर्गममा बिशेषज्ञ नटुटाउने उद्वेश्यले बिशेष भत्ताको व्यवस्था गरेको छ । ‘मेन पावर पहिला की चिकित्सक पहिला भन्ने कन्फ्युजन छ,’ जयरुले भने, ‘मैले यसलाई ‘स्लो एण्ड स्टडी प्रोसेस’ हो भन्ने बुझ्छु ।’ २४ सैं घण्टा चलाउनु पर्ने अस्पताल अहिले ६० जना जनशत्तीले धानीरहेको उनले वताए । अहिले एकजना चिकित्सकले दैनिक कम्तिमा ४० देखि ५० जना बिरामी हेर्नुपर्ने वाध्यता रहेको अस्पतालले जनाएको छ । करार र संघवाट आएका समेतगरी अस्पतालमा पा“चजना चिकित्सक कार्यरत थिए । तर अर्का एमडिजिपी डाक्टर महेश्वर गोसाई गत सोमबार बिदाई भएर गएका छन् । दुईजनाको करार अवधि सकिएकाले यसै महिना फर्कने तयारीमा रहेको अस्पतालले जनाएको छ ।

भौगोलिक हिसावले नेपालको डोल्पा र हुम्लापछिको तेश्रो ठुलो जिल्ला ताप्लेजुङमा एक जिल्ला अस्पताल र दुई प्राथमिक उपचार केन्द्र छन् । यी केन्द्र मैवाखोला गाउ“पालिकाको तेम्वे र सिरिजङगाको तेल्लोकमा छन् । यहाभनें स्थानीय तहले डाक्टर राखेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!