

ताप्लेजुङ – उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको अध्यक्षका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष दावा शेर्पा र कोषाध्यक्ष विकास गौतमको उम्मेद्वारी परेको छ ।
निर्वाचन समितिका अनुसार ५० हजारका दरले शुल्क बुझाएर शेर्पा र गौतमले उम्मेद्वारी दर्ता गराएका हुन् ।
महासचिवमा पनि दुईजनाकै उम्मेद्वारी परेको छ । वर्तमान महासचिव कमल लिम्बू र लिलाप्रसाद पौडेलले मनोनयन दर्ता गराएका हुन् ।
प्रथम उपाध्यक्षमा शान्ति मादेनको मात्रै उम्मेद्वारी परेको छभने द्धितियमा रूपक घिमिरे र सोजित श्रेष्ठ तथा तृतीयमा तेजकुमार सुनुवार जङ्ग र तेजबहादुर भट्टराईको उम्मेद्वारी परेको छ ।
कोषाध्यक्षमा युवराज महतारा निर्विरोध भएका छन् । पदाधिकारीमा मादेन र महतारा निर्विरोध भएका हुन् ।
१४ सदस्यका लागि २१ जनाको मनोनयन दर्ता भएको निर्वाचन समिति सदस्य धनबहादुर थापाले जानकारी दिए ।