२४ भाद्र २०८२, बुधबार

घाइते इटालियन नागरिकलाई हेलिकप्टर वाट काठमाण्डौं लगियो

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शनिबार, पुष २७, २०८१

ताप्लेजुङ – युनाइटेड हाइड्रोपावरमा कार्यरत इटालियन नागरिक लडेर घाइते भएपछि उपचारकालागि काठमाण्डौ लगिएको छ । सुक्रवार वेलुका घाइते भएका उनलाई सनिवार हेलिकप्टरवाट काठमाण्डौं लगिएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरिक्षक विवेक बस्नेतका अनुसार ५६ वर्षिय सर्जियो फेटोजा  मेरिङदेन गाउ“पालिका ३ खाम्लुङको युनाइटेड हाइडोपवरमा कार्यरत थिए । लडेर घाइते भएपछि सुक्रवार राती जिल्ला अस्पताल ल्याएका उनको वाया हातको नाडिको हड्डि भाचिएको, नाकबाट रगत बगेको, पेटको वाया भागमा रगत जमेको, मलद्वार छेउको हड्डि भाचिएको जस्तो प्रारम्भीक अवस्था देखिएको अस्पतालले जनाएको छ ।

थप उपचारकालागि अस्पतालले सुविधा भएको अस्पताल लैजान दिएको सल्लाह अनुसार हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको हाइड्रोपावरका जन सम्पर्क अधिकृत आशिश केदेमले जानकारी दिए ।  उनलाई काठमाण्डौको इष्ट मेडिकल कलेज लैजाने कम्पनिले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!