१० जेठ २०८२, शनिबार

पुसे मेला भलिबल प्रतियोगिताको उपाधि भोजपुरलाई

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस शुक्रबार, पुष ०५, २०८१

मेरिङदेन गाउपालिका ३ दोभानमा पुसे मेलाको अवसरमा आयोजित अन्तर जिल्ला आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ । डिफेन्डिङ च्याम्पियन पाथीभरा टाइगर क्लब झापालाई सोझो सेटमा हराउदै भोजपुर भलिबल टिमले उपाधि जितेको हो ।
शुक्रबार भएको फाइनल खेलमा भोजपुरले झापालाई २५–२१, २५–१६ र २५–२३ ले पराजित गर्यो । भोजपुरले ट्रफी, मेडल सहित ३ लाख नगद प्राप्त गर्दा झापाले १ लाख ७५ हजारमा चित्त बुझाउनु पर्यो । पर्शुराम खत्रीको नेतृत्वमा भोजपुर प्रतियोगितामा सहभागी भएको थियो ।
उत्कृष्ट स्पाइकर सञ्जीव बिक्रम शाह झापा, उत्कृष्ट सटर भोजपुरका मनोज घिमिरे, उत्कृष्ट डिफेन्डर सन्तोष राई सभापोखरी भलिबल क्लब, उत्कृष्ट ब्लकर रोमन बस्नेत भोजपुर, उत्कृष्ट सर्भर हेमन्त मल्ल एसएमसी र उत्कृष्ट खेलाडी विष्णु बस्नेत भोजपुर भए ।
शुक्रबारै सेमिफाइनल र फाइनल चरणका खेल भएको थियो । सेमिफाइनलबाट बाहिरिएका मुकेश मेमोरियल क्लब ताप्लेजुङ र सभापोखरी भलिबल क्लब सङखुवासभा लाई आयोजकले सान्त्वना स्वरूप नगद ५० हजारका दरले प्रदान गरेका छन् । उनीहरू भोजपुर र झापास“ग पराजित भएका थिए । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाइएको हो । विजेतालाइ मेरिङदेन ६ का वडाध्यक्ष मनोज तुम्बाहाम्फे र उप विजेतालाई मिक्वाखोला ५ का दावा शेर्पाले पुरस्कारको प्रायोजन गरेका थिए ।
सात टिमको सहभागिता रहेको प्रतियोगिताका बिजेतालाई मेरिङदेन गाउ“पालिका अध्यक्ष डम्बर हाङगाम, मैवाखोलाका अध्यक्ष विजय वनेम र आठराईत्रिबेणीका अध्यक्ष दिपेन पोमुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । पुसेमेला आयोजक समितिका अध्यक्ष हेम श्रेङ चोङवाङले प्रतियोगितालाई आगामी बर्षपनि निरन्तरता दिने वताए ।

 

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066