२२ भाद्र २०८२, सोमबार

कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको कप्तानी अनुप सेन्दाङ

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, मंसिर ०९, २०८१

आगामी मङ्सिर १५ देखि २२ गतेसम्म सञ्चालन हुन गइरहेको दोस्रो कञ्चनजङ्घा सेसेलुङ गोल्डकपको कप्तानी मिडफिल्डरमा अनुप सेन्दाङले सम्हाल्ने भएका छन् । आयोजक कञ्चनजङ्घा फुङ्लिङ क्लबले खेलाडिको नाम टुंगो लगाउदै यस्तो वताएको हो । 

 विभिन्न प्रतियोगिताको दौरान जिल्लाको प्रतिनिधित्व गर्दै खेलिसकेका खेलाडीहरू तथा ६ जना नयाँ खेलाडीहरूलाई समावेश गर्दै १८ सदस्य टोली घोषणा गरिएको छ ।  गोलकिपरमा सुहाङ लिम्बू र सुवास तामाङ छानिएका छन् । जङ्गबहादुर गुरुङ ,मञ्जित एङ्देन, विवेक मादेन, पासाङ शेर्पा र पवन लिम्बू फरवार्डमा छनोट भएका छन्।

सविन तामाङ, शिशिर राई ,एलिन लिम्बू, मिडफिल्डरमा रहनेछन् भने । डिफेन्डर लाइनमा प्रनेश गुरुङ ,आशिष लिम्बू, सुनियोजित लिम्बू ,अर्जुन लिम्बू ,सन्तोष गहतराज र रीतिक चङ्बाङ छानिएका छन् । यो संस्करणको प्रतियोगितामा जिल्लाभित्रका खेलाडीहरूलाई मात्रै समावेश गरिएको आयोजक क्लबका अध्यक्ष अशोक थेबेले जानकारी दिए . 

उनका अनुसार यसै प्रतियोगिताबाट सुहाङ लिम्बू ,सन्तोष गहतराज, प्रनेश गुरुङ ,पासाङ शेर्पा , एलिना लिम्बू र ऋतिक चङबाङले जिल्लाको सिनियर टिममा डेब्यु गर्दैछन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!