०२ मंसिर २०८३, बुधबार

कात्तिकमा ६४ हजार तिर्थयात्री पुगे पाथीभरा

Logo
Taplejung Press मंगलबार, मंसिर ०१, २०८३

कार्तिक ३०, २०८३
ताप्लेजुङ — ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा कात्तिक महिनामा ६४ हजार १०६ जना तिर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गतवर्षको कात्तिक महिनामा ४२ हजार २६१ जना पुगेका थिए । त्यसको तुलनामा २१ हजार ८४५ जनाले वृद्धि भएको हो ।

समितिले ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदीमा तिर्थयात्रीको संख्या संकलन गर्दै आएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार गत शनिबार कात्तिक महिनाकै सबैभन्दा बढी ११ हजार २७२ तिर्थयात्री मन्दिर पुगेका थिए भने १७ कात्तिकमा १० हजार ६१६ जना पुगेका थिए ।

पाथीभरा पुग्न काफ्लेपार्टीबाट कम्तिमा ५ किलोमिटर जाँदा ५ किलोमिटर आउँदा पैदल यात्रा गर्नुपर्छ । सुकेटारदेखि काफ्लेपार्टीसम्मको १२ किलोमिटर सडक कच्ची छ ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066